खबर

आचार्य र निरौलाले दिए राजिनामा

मेचीनगर । कोरोना भाइरस नियन्त्रणका लागि झापाको मेचीनगर नगरपालिकाले गठन गरेको कोरोना भाइरस नियन्त्रण विषेश कार्यदलका दुई जना सदस्यले आज संयुक्त बिज्ञप्ती जारी गर्दै राजिनामा दिएका छन् ।

मेचीनगरका नगरप्रमुख बिमल आचार्यको नेतृत्वमा रहेको उक्त कार्यदलका सदस्यहरु सन्तोष आचार्य र ज्ञानेन्द्र निरौलाले आज संयुक्त रुपमा राजिनामा दिएका हुन् । आचार्य र निरौलाले नगरपालिका कार्यलयमा राजिनामा पत्र बुझाए पछि संयुक्त प्रेस बिज्ञप्ती मार्फत राजिनामा दिएको जानकारी गराएका छन् ।
कोरोना भाइरसको विश्वप्यापी संक्रमणको अवस्थाबाट नगरबासीलाई सुरक्षीत राख्ने कार्ययोजना सहित बनेको कार्यदलमा बसेर काम गर्ने वातावरण नभएकाले राजिना दिनु परेको पत्रकार समेत रहेका आचार्य र निरौलाले जनाएका छन् ।

मेचीनगरका क्षेत्रका प्रमुख राजनीतिक दलका नगर नेतृत्व सहित १५ सदस्यीय रहेको कार्यदलको बैठकमानै नेतृत्वको कार्यशैली प्रति असन्तुष्टी देखाउँदै कार्यदलका सदस्य तथा मेची अभियानका संयोजक बिजय डालमियाले यस अघि नै राजिनामा दिइसकेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button