खबर

मेची अभियानले १००० थान ‘भिटिएम’ ल्याउने

काँकरभिट्टा । मानवीय सेवामा कृयाशिल झापाको मेची अभियानले १००० (भिटिएम)ल्याउने तयारी गरेको छ । अभियानका संयोजक बिजय डालमियाँका अनुसार मेची अभियानले नेपाल सरकारको सिफारिसमा मित्र राष्ट्र चीनबाट भिटिएम ल्याउने तयारी गरेको हो ।

संयोजक विजय डालमियाले करिव १० दिनमा चीनबाट ३ लाख रुपैयाँ बराबरको सो समाग्री काँकरभिट्टा ल्याउने तयारी गरिएको बताए ।

उनका अनुसार उक्त संख्याको भिटिएम मेचीनगर नगरपालिकालाई हस्तान्तरण गरिने छ ।

त्यस्तै कोरोना जाँचका लागि प्रयोग गरिने पीसीआरका अन्य सामग्री समेत ल्याइने उनले बताए ।

उक्त सामग्री भने विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको प्रयोगशालामा दिइने बताए ।

अभियानले नगरका अति विपन्न ७१६ जनाको परिवारलाई नगरपालिकाको मापदण्ड अनुसारको राहत सामग्री वितरण गरिसकिएको संयोजक डालमियाले जानकारी दिए ।

अभियानले यसअघि मेचीपुलमा अलपत्र परेका कर्णाली लगायत जिल्लाका ८७ जना नेपाली नागरिकहरुलाई ५६ हजार रुपैयाँ खाध्यान्न सामाग्री समेत वितरण गरिसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button