खेलकुद

नेयमारभन्दा मार्टिनेज बार्सिलोनाको प्राथमिकतामा

एजेन्सी – क्याटलान क्लब बार्सिलोनाले आफ्ना पुर्व स्टार ब्राजिल तथा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) का नेयमारलाई यो सिजन जसरी पनि क्लबमा फर्काउने तयारी गरिरहेको छ ।

यसका लागि क्लबले नेयमार अनुबन्धको लागि जुनसुकै मुल्य चुकाउन सक्नेछ । तर, पछिल्लो बिकसित घट्ना त्रमअनुसार बार्सिलोनाले नेयमारलाई तत्काल नल्याएर अर्जेन्टिनी फरवार्ड लोउटारो मार्टिनेजलाई भित्र्याउने तयारी भइरहेको स्पेनिस पत्रिका मार्काले बताएको छ ।

मार्काका नेयमार बार्सिलोनाको रिजर्भ खेलाडीको सुचीमा रहेको र अहिलेका लागि आफ्नो ध्यान मुख्यगरि मार्टिनेजलाई अनुबन्ध गर्ने रहेको उल्लेख गरिएको छ । त्यसैले नेयमारलाई केहि समयपछिका लागि सुचीमा राखेको बताइएको छ ।

नेयमार २०१७ मा विश्व कीर्तिमानी २२२ मिलियन युरोमा बार्सिलोनाबाट पीएसजी पुगेका थिए । पीएसजी पुगेको दोस्रो सिजनदेखि नै नेयमार पुनः स्पेन फर्कन चाहेका छन् । नेयमारले बार्सिलोना छोडेपछि रकमका विषयमा कानुनी उपचार गर्नेसमेत बताएका थिए ।

यसका साथै उनको मैदानमा देखाउने ब्यवहारले पनि उनको तत्काल नोउ क्याम्प फर्कने सम्भावना न्युन बनेको हो । तर, पनि बार्सिलोनाले पछिल्लोपटक नेयमार अनुबन्धको दुई खेलाडी र केहि रकम दिने पीएसजीलाई बताइसकेको छ ।hamrokhelkud/from

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button