
ललितपुर । कोरोना महामारीका कारण पेन्सलभेनिया नेपाली गुठी एसोसिएसनले नेपाली लगायत आपदमा परेका व्यक्तिहरुलाई खाद्यान्न, फलफूल, औषधी, हातधुने सावुनलगायत सामाग्री नि शुल्क वितरण गरेको छ ।
सो एसोसिएसनले पेन्सलभेनिया राज्यका फिलाडेल्फिया , वेस्ट चेष्टर जर्मन टाउन, पेउलीपाईक, नरेश टाउन, डाउनी टाउनलगायतका क्षेत्रमा राहत वितरण गरेको संस्थापक एवं सामाजिक कार्यकतर्य विमल मोक्तानले जानकारी दिए । नेपाली विद्यार्थीलाई एक महिना पुग्ने खाद्यान्न र फलपूmललगायतका सामाग्री उपलव्ध गराउने गरेको उनले बताए । न्यूयोर्कपछि यो राज्य पनि कोरोना भाइरसबाट निकै प्रभावित हुदै आएको छ । अमेरिकामा कोरोना भाइरस सुरुवात भएसँगै डाक्टरहरुसँग सल्लाह लिन हटलाइनको व्यवस्था गुठिले मिलाएको र सोको लागि डा श्याम हाडा, डा। फान्सिस जयराज, डा। किसन रिजाल, डा।सुनिल नेपाललगायतको टोलीले परामर्श दिने गरेको मोक्तानले जनाए।

त्यसैगरी गुठीले आइसइृल अस्पतालमा इमेन्जेन्सी विभागमा कार्यरत डाक्टर, नर्स र अन्य गरी सय जना स्वास्थ्यकर्मीलाई खाना वितरण गरेको छ । प्राप्त जानकारी अनुसार उक्त खाना वितरणका लागि नेपाली डाक्टरहरु शुशिला पाख्रिन बर्षा मोक्तान, डा केशव भण्डारी, श्याम हाडा, फान्सिस जयराज, सामाजिक कार्याकर्ताहरु, नाराण योन्जन, विनोद नेपाल, पूर्ण सिंह ठकुरी, सुजा लामा, जानुका मोक्तान, मिनाकुमारी पाख्रिन, जयचन्द्र लामा लगायतको विशेष सकृयतामा भएको थियो । इस्ट नरेटाउन रहेको यो अस्पताल नेपालीहरु माझ लोकप्रिय मानिन्छ ।



