खबर

लाइप्जिग रोकियो, साल्केको अर्काे हार

एजेन्सी – जर्मन बुन्डेस लिगामा आरबी लाइप्जिग बराबरीमा रोकिदा साल्केको अर्काे हार बेहोरेको छ । लाइप्जिग हेर्था बर्लिनसँग २–२ गोलको बराबरीमा रोकिदा साल्के डुसेलडर्फसँग २–१ ले पराजित भएको हो ।

रेडबुल एरिनामा बुधबार राति भएको खेलमा १० खेलाडीमा समेटिएको लाइप्जिगका लागि लुकास क्लोस्टरमन र प्याट्रिकले गोल गरे । हेर्थाका मार्काे ग्रुजिक र क्रिजिस्टफ पियाटिकले गोल गरे । खेलको नवौं मिनेटमा नै मार्काे ग्रुजिकको गोलबाट घरेलु टोली लाइप्जिग पछि परेको थियो । २४औं मिनेटमा लुकास क्लोस्टरमनले बराबरी गोल फर्काउदा पहिलो हाफ १–१ गोलको बराबरीमा टुंगिएको थियो ।

दोस्रो हाफसँगै लाइप्जिगले झट्का बेहो¥यो । ६३औं मिनेटमा मार्सेल हल्सटेनवर्ग दोहोरो पहेँलो कार्ड खादै मैदानबाट बाहिरिएपछि लाइप्जिग १० खेलाडीमा समेटियो । म्याथ्युज कुन्हामाथि अनावश्यक ट्याकल गरेपछि रेफ्रीले मार्सेललाई मैदान बाहिर पठाएका थिए ।

१० खेलाडीमा समेटिएपनि लाइप्जिगले खेलमा अग्रता लिन सफल भयो । ६८औं मिनेटमा प्याट्रिकले कोनराड लेइमेरको पासमा गोल गर्दै घरेलु टोलीलाई २–१ को अग्रता दिलाएका थिए । ८२औं मिनेटमा हेर्थाका पियाटिकले पेनाल्टीमा गोल गर्दै खेललाई २–२ गोलको बराबरीमा ल्याए । एडेमोला लुकमनले कुन्हालाई पेनाल्टी बक्समा लडाएपछि रेफ्रीले हेर्थालाई पेनाल्टी प्रदान गरेका थिए । जसमा पियाटिक चुकेनन् । त्यसपछि थप गोल निस्कन नसक्दा खेल २–२ गोलको बराबरीमा सकियो ।

बराबरीसँगै लाइप्जिगले दोस्रो स्थानमा रहेको बोरुसिया डर्टमुन्डसँगको अंक दुरी बराबरी गर्ने मौका गुमाएको छ । लाइप्जिगको २८ खेलबाट ५५ अंक छ । डर्टमुन्डको ५७ अंक छ । हेर्था ३५ अंक जोडेर १०औं स्थानमा छ ।

यस्तै अर्काे खेलमा साल्के डुसेलडर्फसँग २–१ ले पराजित भएको छ । कोरोनापछि शुरु भएको बुन्डेस लिगामा साल्केको यो लगातार तेस्रो हार हो । खेलमा शुरुवाती अग्रता साल्केले लिएपनि त्यसलाई जोगाउन नसक्दा पराजित हुन पुगेको हो ।

५३औं मिनेटमा साल्केका वेस्टन म्याकिनीले गोल गर्दै अग्रता दिलाएका थिए । ६३औं मिनेटमा डुसेलडर्फका रोवेन हेनिङ्सले बराबरी गोल फर्काए । ६८औं मिनेटमा किनन कारामनले गोल गर्दै डुसेलडर्फलाई २–१ को जित दिलाए । जितपछि डुसेलडर्फ २७ अंक जोडेर १६औं स्थानमा यथावत रहँदा साल्को नवौं स्थानमा यथावत छ । बायर्न म्युनिख ६४ अंक जोडेर शीर्षस्थानमा रहेको छ ।hamrokhelkud/from

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button