
आचार्य भन्छन् — ‘ नगर नेतृत्वको अहंकारपूर्ण सोच देखेर राजीनामा दिएका हौँ ’
झापा । झापाको मेचीनगर नगरपालिकामा गठन भएको कोरोना भाइरस संक्रमण नियन्त्रण समितिबाट भर्खरै मात्र राजीनामा दिएका नेपाल पत्रकार महासंघ झापा शाखा सचिव सन्तोष आचार्यले नेतृत्वको संर्कीण र अहंकारी सोचका कारण आफुले समितिबाट राजीनामा दिएको बताएकाछन् । चौतारी पोष्ट अनलाइनको नियमित स्तम्भ भिडियो चौतारी र कुराकानीमा उनले मेचीनगर नगरपालिकामा गठन भएको सो समितिलाई चलायमान र गतिशिल बनाउन भरपुर सहयोग गर्ने सोचका साथ पत्रकार महासंघ झापाको प्रतिनिधित्व गर्दे आफु समितिमा गए पनि त्यहाँ बसेर केही गर्न नसकिने बुझेपछि आफुलगायत समितिका सदस्य रहेका अर्का पत्रकार ज्ञानेन्द्र निरौलाले राजिनामा दिएको बताएकाछन् । प्रस्तुत छ यसै सेरेफेरोमा रहेर आचार्यसँग गरिएको वार्तालाप ।



