खेलकुद

प्रिमियर लिग सुचारु हुने मिति तय

एजेन्सी – कोरोना भाइरस (कोभिद-१९) संक्रमणका कारण स्थगित भएको इंगलिस प्रिमियर लिग (ईपिएल) सुचारु हुने मिति तोकिएको छ । प्रिमियर लिग र क्लबहरुको बैठकले लिग जुन १७ देखि सुचारु गर्ने पक्का गरेको छ ।

प्रिमियर लिग अन्तर्गत २९ औं चरणका खेल समापन गर्न बाँकी रहेका दुई खेल जुन १७ तारिखमा हुनेछ । त्यस दिन एस्टन भिल्ला र सेफिल्ड युनाइटेड तथा म्यानचेस्टर सिटी र आर्सनलबीच प्रतिस्पर्धा हुनेछ । त्यसपछि अर्को चरणको खेल भने जुन १९ देखि नै सुरु हुने जनाइएको छ । लिगका सबै खेल बन्द रंगशालामा हुनेछन् ।

लिगमा लिभरपुल २९ खेलमा ८२ अंक जोड्दै शीर्षस्थानमा रहेको छ । दोस्रो स्थानको म्यानचेस्टर सिटीको २८ खेलमा ५७ अंक छ । लिभरपुलले अबको दुई खेल जितेमा लिग उपाधि पक्का गर्नेछ । तेस्रो स्थानको लेस्टर सिटीको ५३ तथा चौथो स्थानको चेल्सीले ४८ अंक जोडेको छ ।

रेलिगेसन क्षेत्रमा भने यसपटक निकै प्रतिस्पर्धा हुने देखिएको छ । पुछारको नर्विचले २९ खेलमा २१ अंक जोड्दा एस्टन भिल्ला २८ खेलमा २५ अंकसहित १९ औं स्थानमा छ । समान २७ अंक जोडेका वेस्ट ह्याम, वाटफर्ड र बर्नमाउथ गोलअन्तरका आधारमा क्रमश: १६ देखि १८ औं स्थानमा छन् ।१५ औं स्थानको ब्राइटनको पनि २९ अंक मात्र छ ।hamrokhelkud/from

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button