ललितपुर ।
बाँकेबाट सल्यान जाँदै गरेको गाडी दुर्घटना हुँदा, गाडीमा सवार ११ जनाको मृत्यु भएको छ । आइतबार मध्यराती भएको दुर्घटना अरु २२ जना घाईते भएका छन् । घाईतेहरुको भेरीअञ्चल अस्पतालमा उपचार भईरहेको बताईएको छ ।
पूर्व–पश्चिम राजमार्ग अन्तर्गत बाँकेको राप्तीसोनारी – २ ठुरियामा दुर्घटना भएको हो ।दुर्घटनामा भारतबाट नेपाल आएकाहरु परेको प्रहरीले बताएको छ । ना ५ छ ५९९५ नम्बरको फोर्स गाडी दुर्घटनामा परेको हो । घटनाको बिस्तृत विवरण आउन बाँकी छ।



