
एजेन्सी – आइनट्राख्ट फ्रान्कफर्टले जर्मन बुन्डेस लिगामा वेर्डर ब्रेमेनमाथि सहज जित निकालेको छ । फ्रान्कफर्टले ब्रेमेनमाथि ३–० को सहज जित निकालेको हो ।
घरेलु टोलीलाई पराजित गर्न फ्रान्कफर्टका स्टेफन इसानकरले दुई तथा आन्द्रे सिल्भाले एक गोल गरे । प्रतिस्पर्धात्मक बनेको पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको थियो । तर, फ्रान्कफर्टले दोस्रो हाफमा तीन गोल गर्न सफल भयो । खेलको ६१औं मिनेटमा पोर्चुगिज आन्द्रे सिल्भाले फिलिप कोस्टिकको पासमा गोल गर्दै फ्रान्कफर्टलाई खेलमा १–० ले अघि बढाए ।
त्यसपछिको दुवै गोल स्टेफनको नामा रह्यो । स्टेफनले १० मिनेटको अन्तरमा दुई गोल गर्न सफिल भए । ८१औं मिनेटमा बास डोस्टको पासमा पहिलो गोल गरेका स्टेफनले ९०औं मिनेटमा जोनाथन डि गुजमनको पासमा गोल गर्दै फ्रान्कफर्टलाई ३–० को सहज जित दिलाए ।
जितसँगै फ्रान्कफर्ट २९ खेलबाट ३५ अंक जोडेर ११औं स्थानमा उक्लदा पराजित वेर्डर ब्रेमेनले रेलिगेसन जोन छाड्ने मौका खेर फालेको छ । ब्रेमेन २५ अंकसहति १७औं स्थानमा यथावत छ । १९ अंकसहित पाडेरवर्न पुछारमा छ । बायर्न म्युनिख ६७ अंक जोडेर शीर्षस्थानमा रहँदा बोरुसिया डर्टमुन्ड (६०) र आरबी लाइप्जिग (५८) ले बायर्नलाई पछ्याइरहेको छ ।hamrokhelkud/from



