
जेष्ठ २५, आईतवार
ललितपुर।
नेपालमा थप २१३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
संक्रमितमध्ये २०९ जना पुरुष र ४ जना महिला रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जनाएका छन् । अहिले सम्म देशका ७१ जिल्लामा संक्रमण देखिएको डा देवकोटाले बताए । यससँगै नेपालमा संक्रमितको संख्या ३ हजार ४ ४८ पुगेको छ । जसमा ३ हजार २१२ जना पुरुष र २३६ जना महिला रहेका छन् ।



