
जेष्ठ २६, २०७७
एजेन्सी – जर्मन बुन्डेस लिगामा वल्फ्सवर्गले जित निकाल्दा साल्केको कोरोना महामारीपछिको खेलमा पहिलो अंक जोड्न सफल भएको छ । वल्फ्सवर्गले रेलिगेसन जोनमा रहेको वेर्डर ब्रेमेनमाथि १–० को कठिन जित निकालेको हो ।
वल्फ्सवर्गले वेर्डर ब्रेमेनलाई उसकै मैदानमा जित निकाल्न सफल भएको हो । प्रतिस्पर्धात्मक खेलको दोस्रो हाफमा वाउग वेगहोस्टले गरेको गोल नै निर्णायक बन्यो । उनले खेलको ५८औं मिनेटमा गोल गरेको थियो ।
जितपछि वल्फ्सवर्ग ३० खेलबाट ४५ अंक जोडेर छैटौं स्थानमा यथावत रहेको छ । जुन युरोपा लिगको लागि छनोट खेल खेल्ने स्थान हो । हारपछि ब्रेमेनको रेलिगेसन हुने सम्भावना बढेको छ । ब्रेमेनको २५ अंक जोडेर पुछारबाट दोस्रो स्थानमा छ । पाडेरवर्न २० अंकसहित पुछारमा छ । ब्रेमेनभन्दा अघि रेलिगेसनको प्लेअफको स्थानमा फोर्टुना डुसेलडर्फ (२८) रहेको छ ।

यस्तै कोरोना महामारीपछि साल्केले पाँचौ खेलमा पहिलो अंक जोड्दा युनियन बर्लिनसँग १–१ गोलको बराबरी खेलेको छ । साल्केले यसअघि चार खेलमा अंक गुमाएको थियो । युनियनका रोवर्ट एन्डरिचले गोल गर्दा साल्केका जोनजोइ केन्नीले बराबरी गोल फर्काएका थिए । बराबरीपछि साल्के ३८ अंक जोडेर १०औं स्थानमा रहँदा बर्लिन ३२ अंक जोडेर १४औं स्थानमा छ ।
अर्काे खेलमा अग्सवर्ग र एफसी कोल्नले १–१ गोलको बराबरी खेल्दै अंक बाँडे । कोल्नका एन्थोनी मोडेस्टेले गोल गर्दा अग्सवर्गका फिलिप म्याक्सले बराबरी गोल फर्काएका थिए । त्यसअघि अग्सवर्गका फ्लोरियनले पेनाल्टी चुकाएका थिए । बराबरीपछि कोल्न ३५ अंक जोडेर १२औं तथा अग्सवर्ग ३२ अंकसहित १३औं स्थानमा छ ।hamrokhelkud/from



