
जेठ २६, सोमवार
मेचीनगर, बन्दाबन्दीका कारण नेपालका बिभिन्न स्थानमा रोकिन पुगेका भारतीय नागरिकहरु आफ्नो देश फर्कने क्रममा आज बिहान दर्जनौ बसमा सयौँको संख्यामा नेपालको पूर्वी नाका काँकरभिट्टा आईपुगेकाछन् । सयौँको संख्यामा रहेका उनीहरु अहिले यहाँको बसपार्क क्षेत्रमा रहेकाछन् । कता केगर्ने भनेनर आफै अलमलमा परेका उनीहरुलाई ब्यवस्थापनको अभावका कारण उनीहरु बजारमा किनमेल गर्न समेत शुरु गरेकाछन् ।यो समाचार तयार पार्दा सम्म यहाँको स्थानिय सरकार र प्रशासनको उपस्थिति रहेको छैन ।
भारतीय नागरिकहरु भने पानी र भारु पैसा साट्न कतै पाईन्छ भनेर यताउता गरिरहेकाछन् । कतिपयत बजारमा खुलेका केही पसलमा किनमेलका लागि पनि जान लागेका थिए तर यहाँका स्थानिय नागरिक र होटल ब्यबसायीहरुले उनीहरुलाई बसपार्क क्षेत्रमै रहन अनुरोध गरेपछि अहिले उनीहरु सामूहिक रुपमा रहेकाछन् । एक्कासी दर्जनौँको बसले ल्याएका उनीहरलाई स्थानिय सरकार र प्रशासनले ब्यबस्थित गर्न नसक्दा स्थानियले सरकार कता छ भनेर आक्रोस समेत पोखेका थिए ।




