
सोसाईटीलाई सहयोग गर्न आचार्यको अनुरोध
झापा । कोरोना संक्रमणको नियन्त्रण र रोकथामका लागि गरिएको बन्दाबन्दीमा नेपाल र भारतका बिभिन्न स्थानमा रोकिन पुगेका नेपाली र भारतीय नागरिकहरुलाई नेपालको पूर्वी नाका काँकरभिट्टामा अहिले काँकरभिट्टा सोसाईटीले बिहान र बेलुकीको खानाको ब्यवस्था गरेको छ । स्थानिय सामाजिक अगुवाहरुको सोचबाट आरम्भ भएको ‘भोकालाई खाना भन्ने’ यो अभियानका संस्थापक सदस्य शुशिल आचार्यसँग हामीले हाम्रो नियमित स्तम्भ कुराकानी र भिडियो चौतारीका लागि गरेको वार्तालाप प्रस्तुत गरेकाछौँ ।



