मूल खबर

मेची पुलमा नेपालको नयाँ नक्शा (फोटो र भिडियो )

मेची पुलमा नेपालको नयाँ नक्शा (फोटो र भिडियो )
जेठ २९, २०७७ बिहिवार
मेचीनगर । नेपाल भारतको सीमा नाका नेपालतर्फको मेची पुलको सीमामा नेपाल सरकारले जारी गरेको पछिल्लो नक्शा ( नेपालको नक्शा) राखिएको छ।
नेपाल कम्युनिष्ट पार्टी ( ने क पा)का निकट अनेरास्ववियू र राष्ट्रिय युवा संघ नेपालले आज बिहान होर्डिङ्ग बोर्ड सहित सो स्थानमा नेपालको नक्शा राखेको हो । नेपाल कम्युनिष्ट पार्टी (ने क पा)का स्थानीय नेता कार्यकर्ता सहित दर्जनौँको संख्यामा मेचीनदीको सीमामा पुगेका अखिल र युवासंघका कार्यकर्ताहरुले नेपालको नयाँ नक्शा राखेका हुुन् । संक्षिप्त कोण सभा समेत आयोजना गरेको उक्त कार्यक्रममा प्रदेश नं १ का निर्वाचित प्रदेश सभा सदस्य तथा नेपाल कम्युनिष्ट पार्टी ( ने क पा)का नेता गोपालचन्द्र बुढाथोकीले मन्तब्य राखेका थिए । कार्यक्रममा स्थानिय पार्टीका कार्यकर्ता र नागरिकहरुको समेत उपस्थिति रहेको अनेरास्ववियूका मेचीनगर अध्यक्ष शन्तोष धमलाले बताए ।
कार्यक्रममा प्रदेश नं १ का निर्वाचित प्रदेश सभा सदस्य श्रीप्रसाद मैनाली , नेपाल कम्युनिष्ट ( ने क पा) झापा जिल्ला सचिवालय सदस्य प्रकाश भण्डारी , नेपाल कम्युनिष्ट पार्टी ( ने क पा) का झापा जिल्ला सदस्य डिल्लीराम घिमिरे , मेचीनगर कमिटीका अध्यक्ष माधव अर्याल लगायतको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button