खबर

कोरोनाबारे मानिसहरू बन्दैछन् स्वयम् जागरूक

कोरोनाबारे मानिसहरू बन्दैछन् स्वयम् जागरूक

सिलगढी : कोरोना महामारीको बढ्दो प्रकोपलाई ध्यानमा राखेर मानिसहरूले सावधानी अप्नाइरहेका छन्। सहरको ठुल्ठुला रेस्टुरेन्टदेखि लिएर सड़क किनारस्थित रहेका स-साना दोकानहरूमा समेत सबैले सावधानी अप्नाइरहेको देखिन्छ। सिलगढीको सड़क किनारका चिया, पुच्का आदिका दोकानमा दोकानेहरूले कुनै पनि समान दिनअघि आफ्नो हात सेनिटाइज गर्नको साथै ग्राहकहरूको हातमा पनि सेनिटाइजर लगाइदिने गरेको देखिँदैछ। सरकारको निर्देशलाई पालन गर्दै दोकानेहरूले बीच-बीचमा आफ्नो हात साबुन पानीले सफा गर्ने गर्दछन्। कोरोनालाई लिएर हाल सिलगढी सहर अनि यसको क्षेत्रका मानिसहरू निक्कै जागरूक भएका छन् भने आफ्नो सुरक्षामा तिनीहरूले विशेष ध्यान दिन थालेका छन्।

खरसाङका बाबु-छोरा क्वारेन्टाइन अवधि समाप्त भएपछि फर्किए घर

खरसाङ : खरसाङको गोथल्स साईडिङ नवीन ग्राम सुधार समाजले केही दिन अघि कोरोना पोजिटिभ भएर कोविड अस्पतालमा उपचार गरेर स्वस्थ भएपछि सुरेन तामाङ अनि छोरा सुभम तामाङलाई कोरोनटाइनमा राखिएको थियो भने आज तिनीहरूलाई घर पठाइएको छ। यस अवसरमा बिशेष गरी समाजको सभापति, सचिव सन्त मेरिज समाजका प्रतिनिधिगण, स्वस्थ्यकर्मीहरू, आशाकर्मीहरूका बिशेष उपस्थिति रहेको थियो। स्मरण रहोस, गत केही दिन अघि सुरेन तामाङलाई कोरोना संक्रमित भएपछि सिलगढीको डाक्टर च्याङको अस्पतालमा लगिएको थियो। त्यसपछि उपचार गरेर सुरेन तामाङको दुइ पल्ट टेस्ट नेगेटिभ आएपछि अस्पतालबाट डाक्टरले छुट्टी दिएको थियो। तर छुट्टीपछि पनि नवीन ग्राम सुधार समाजले फेरि केही दिनको निम्ति समाजको देख रेखमा कोरोनटाइनमा राखेपछि आज खदामाला गरी तिनीहरूलाई घर पठाउने काम समाजले गर्यो।
गोजमुमो अध्यक्षद्वारा सुके मानेभञ्ज्याङको क्वारेन्टाइन सेन्टरहरूको परिभ्रमण

सुकेपोखरी : गोजमुमो विनय खेमाद्वारा हाल जीटीए क्षेत्रको विभिन्न ठाउँहरूमा रहेको क्वारेन्टाइन सेन्टरहरूको परिभ्रमण गरिने कार्य दिनहुँ भइरहेको छ। यसको साथै क्वारेन्टाइन सेन्टरमा बस्नेहरूसित भलाकुसारी गर्नको साथै तिनीहरूलाई चाहिने आवश्यक सबै सर-सामनहरू पनि वितरण गर्दैआइरहेको देखिन्छ। यसै क्रममा आज सुके मानेभञ्ज्याङ समष्टिमा रहेको विभिन्न क्वारेन्टाइन सेन्टरहरूमा गोजमुमो अध्यक्ष विनय तामाङले परिभ्रमण गरे। यस अवसरमा तिनले ती क्वारेन्टाइन सेन्टरहरूमा बसेका मानिसहरूलाई मास्क तथा सेनिटाइजर वितरण गरे। यस अवसरमा तिनीसित समष्टि स्तरका पार्टीका अन्य नेताहरू पनि उपस्थित थिए।
सोनादा क्षेत्रमा सेनिटाइज

सोनादा: गोजमुमो केन्द्रीय सदस्य एवं सोनादा पचेङ समष्टीको पूर्व सभासद महेन्द्र प्रधानको पहलमा सोनादा पचेङ समष्टिको विभिन्न क्षेत्रहरुमा युवा मोर्चाद्वारा सेनिटाइज गरिने कार्य सम्पन्न गरियो । यस कार्यमा युवा मोर्चाका समष्टी सभापति रबि राई, सलिम लोहार र कार्यकर्ताहरू उपस्थित थिए । यसरी समष्टीको विभिन्न क्षेत्रहरूमा सेनिटाइज गर्नको लागि सेनिटाइजरहरू उपलब्ध गराइएकोमा तिनीहरूले जीटीए चेयरम्यान अनित थापाप्रति आभार प्रकट गरेका छन्। जुन 11, 2020 BY SILIGURI TIMES/from

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button