२९ जेष्ठ २०७७, बिहीबार
ललितपुर ।
बिहीबार थप २५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो संख्या संगै नेपाल नेपालमा कोरोना संक्रमितको संख्या ४ हजार ६ सय १४ संख्या पुगेको छ । अहिले सम्म नेपालका ७२ जिल्लामा कोरोना संक्रमण फैलिएको छ ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार विगत २४ घण्टामा १ सय ८७ जना डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेको संख्या ८ सय ६१ पुगेको छ ।



