खबर

झापामा ऋणको किस्ता तिर्न लघुवित्त तथा सहकारीको उर्दी, तत्काल ऋण नउठाउन नेकपाको चेतावनी

२०७७, २९ जेष्ठ बिहीबार ई-रातो खबर

काठमाडौँ : विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी झापाले सहकारी तथा लघुवित्तिय संस्थाहरुले महामारीको घडिमा समेत ऋणको किस्ता तिर्न उर्दी जारी गरेको भन्दै तत्काल ऋणको किस्ता नउठाउन चेतावनी दिएको छ ।

झापा जिल्ला समिति सेक्रेटरी श्रीजंगले बिहीबार विज्ञप्ति जारी गरी कोरोना भाइरसका कारण हालसम्म नेपालमा १५ जनाले ज्यान गुमाएको र त्योभन्दा बढी भोकमारी र गरिबीका कारण आत्महत्या गर्ने गरिब, मजदुर, सुकुमबासी लगायतका बासिन्दाहरुको संख्या ११०० भन्दा बढी रहेको भन्दै मानविय संवेदनशीलतालाई ध्यान दिन र तत्काल किस्ता तिर्नको लागि कसैलाई पनि मानसिक दबाब नदिन अनुरोध गर्दै आम झापाली जनसमुदायलाई तत्काल किस्ता नतिर्न समेत आग्रह गरेका छन् ।

जिल्ला सेक्रेटरी श्रीजंगले विज्ञप्तिमा भनेका छन्, ‘हाम्रो गौरवशाली पार्टी नेपाल कम्युनिस्ट पार्टी दलाल पुँजीवादी संसदीय व्यवस्थाले जनताको बीचमा थुपारेको अन्यायपूर्ण व्यवहारको विरुद्ध संघर्षरत रहँदै वैज्ञानिक समाजवादी राज्यसत्ता स्थापनाको निम्ति जस्तोसुकै चुनौतिको सामना गर्न तत्पर रहँदै एकीकृत जनक्रान्तिको महाअभियानमा छ । कोरोना भाइरस (Covid-19) ले विश्व समुदायलाई आक्रान्त पारेको बेला त्यसको प्रभाव नेपालमा परेको छ । अहिले सम्म नेपालमा चार हजार भन्दामाथि कोरोना संक्रमित संख्या पुगिसकेको छ भने १५ जनाले ज्यान गुमाइ सकेका छन् । देशमा बन्दाबन्दी अवस्था छ, लाखौं मजदुरहरु बेरोजगार बन्न पुगेका छन्, भने एकातिर भोकमारी र ऋणका कारण एघार सय भन्दामाथि मजदुर, किसान, सुकुमबासीहरुले आत्महत्या गरिसकेका छन् ।’

सेक्रेटरी श्रीजंगले विज्ञप्तिमा अगाडि भनेका छन्, ‘यस्तो जर्जर परिस्थितिमा पनि मानवीय संबेदनसिलताको ख्याल नराखी झापा जिल्लामा अवस्थित साहारा नेपाल, जीवन बिकास, फरवार्ड लगायत एक दर्जन भन्दा बढि लघुवित्त तथा सहकारी संस्थाहरुले सर्वसाधारण जनता र व्यावसायिहरुलाइ ऋणको किस्ता भर्न मानसिक दबाब दिएको ब्यापक जनगुनासोप्रति हाम्रो पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ । लघुवित्तहरुको यस्तो अमानवीय हर्कत तुरुन्तै बन्द गर्न र सम्पूर्ण जनसमुदायहरुमा कुनै पनि लघुवित्तहरुको तत्काल ऋण नतिर्न हाम्रो पार्टी अपिल गर्दछ ।’

श्रीजंगले विज्ञप्तिको अन्त्यमा भनेका छन्, ‘यदि जबर्जस्त रुपमा लघुवित्तहरुले हाम्रो पार्टीको उर्दि विपरीत कार्य गरे उत्पन्न परिस्थितिको परिणाम स्वयं सहकारी तथा लघुवित्त संस्था नै जिम्मेवार हुने यसै विज्ञप्तिमार्फत हाम्रो पार्टी सुचित गर्दछ ।’ विज्ञप्तिको पूर्णपाठ….

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button