मूल खबर

संविधान संशोधनको पक्षमा मतदान गर्ने जसपाको निर्णय, सरिता गिरीको अडान कायमै

३० जेष्ठ २०७७, शुक्रबार
न्युज अफ नेपाल, काठमाडौं ।

जनता समाजवादी पार्टी नेपालले सरकारले प्रतिनिधिसभामा प्रस्तुत गरेको संविधान संशोधनको पक्षमा मतदान गर्ने निर्णय गरेको छ ।

जसपा नेपालको आज बसेको पदाधिकारी बैठकले सो निर्णय गरेको हो । नेपालको नयाँ नक्साअनुसार निशान छापलाई परिमार्जनका लागि नेपालको संविधानको अनुसूची –३ संशोधन गर्न संसदमा प्रस्तुत गरिएको नेपालको संविधानलाई संशोधन गर्न बनेको विधेयकको पक्षमा मतदान गर्ने निर्णय गरेको नेता राजकिशोर यादवले जानकारी दिनुभयो ।

तत्कालिन राजपा र समाजवादी पार्टीले संविधान संशोधनको छुट्टै विधेयक संसद सचिवालयमा दर्ता गराएका छन् ।

त्यसैग्री समाजवादी पार्टीकी सांसद सरिता गिरीले सरकारले प्रस्तुत गरेको विधेयक फिर्ता लिन माग गर्दै संसद सचिवालयमा छुट्टै विधेयक दर्ता गराउनुभएको छ । समाजवादी पार्टीको संसदीय दलले सो विधेयक फिर्ता लिनका लागि निर्देशन दिएपनि सांसद गिरीले अस्वीकार गर्दै आउनुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button