
विनय तामाङले गरे चुङथुङ मारेबोङ तामसाङ समष्टिको भ्रमण
बिजनबारी: गोर्खा जनमुक्ति मोर्चा केन्द्रीय अध्यक्ष बिनय तामाङले दार्जिलिङ महकुमा भ्रमणको क्रममा चुङथुङ मारेबुङ तामसाङ समष्टिको विभिन्न चियाबारीहरुको परिभ्रमण गरे। उक्त परिभ्रमण कार्यक्रममा विभिन्न राज्यबाट गाउँ फर्की आउनेहरुसित भेटघाट गर्दै तिनीहरूको स्वास्थ अनि समस्याबारे जानकारी लिए।
तिनले यस अवधि खाद्य सामग्री, सेनिटाइजर, मास्क केमिकल स्प्रे माशिनहरु पनि समष्टिका विभिन्न कोरेन्टाइन सेन्टरको निम्ति वितरण गरे। यस अवसरमा गोजमुमो समष्टि अध्यक्ष बीआर राई, सचिव ललित तामाङ लगायत अन्य पदाधिकारीहरूको उपस्थिति रहेको थियो।
सुके बजारको दोकान अपरान्ह 1 बजीसम्म मात्र खुल्ला रहने

सुकेपोखरी: सुकेपोखरी ब्यापारी सङ्गठनले कोरोना संक्रमणलाई केन्द्र गरेर स्थानीय एघारवटा समाजको सहमतिमा लिएको निर्णय अनुसार सुके बजार बिहान 7 बजीदेखि अपरान्ह 1 बजीसम्म मात्र दोकान-पाटहरू खुल्ला रहने भएको छ। सुके, पोख्रेबुङ नागरी तथा सङ्लग्न क्षेत्रका मानिसहरूमा छाएको अन्यौलता निवारण गर्न सङ्गठनका पदाधिकारीहरूले आज प्रेस भेला गरेर यसबारे स्पष्टीकरण दिएको छ । यस अवधी कसैले पनि सुकेपोखरी बजार आएर आवश्यक सर-सामान किन्न सक्ने बताए। अन्य ठाउँका मानिसलाई सुके बजारमा कुनै सामान किन्न नदिने भन्ने जुन आरोप सङ्गठनलाई लागेको छ सो आरोप निराधार रहेको बताउँदै समाजका प्रतिनिधिहरूले प्रत्येक शुक्रवार हाट लाग्ने सुकेबजारमा बाहिरका व्यवसायीलाई दोकान राख्न नदिने सङ्गठनको निर्णय रहेको बताए । प्रत्येक दिन अपरान्ह 1 बजीदेखि उता बाहिरका मानिसलाई मात्र नभएर सुकेपोखरी कै मानिसहरूलाई पनि किन-मेल गर्न बन्द गरेको तिनीहरूले बताएका छन्।
गाड़ीधुराका चारैजनाको रिपोर्ट नेगेटिभ

खरसाङ: खरसाङको मेरियनबारी सार्वजनिक भवनमा बनाइएको क्वारेन्टाइन सेन्टरमा रहेका मानिसहरूको प्रथम टेस्ट गत 29 मईमा भएपछि सबैजनाको रिर्पोट नेगेटिभ आएको छ। टेस्ट हुनेहरू सबैजना चेन्नाई र दिल्लीबाट आएका थिए। तिनीहरूको रिपोर्ट प्राप्त भएपछि क्वारेन्टाइन सेन्टरबाट छुट्टी दिएको समितिका पक्षमा कुनाल छेत्रीले जानकारी दिएका छन्। यसबाहेक उक्त क्वारेन्टाइन सेन्टरमा रहेका अन्य मानिसहरूको कोरोना टेस्टको रिपोर्ट हालसम्म प्राप्त नभएकोले गर्दा तिनीहरूलाई यहीँ नै राखिएको छ। हाल उक्त सेन्टरमा 3 जना महिला अनि 25 जना पुरुष छन्। बाहिरबाट घर फर्किआउनेहरूको निम्ति हाल गाडीधुरामा तीनवटा क्वारेन्टाइन सेन्टर क्रमैले बाहुनी पोखरी, अमृत बस्ती र मेरियनबारीमा बनाइएको छ।जुन 14, 2020,siliguritimes/from



