
तारा पौडेल
कविता
नगर्नु क्रोध , कपट पनि एक बारको जुनिमा हरे
सब लान्छु भनी सोच्छ नै जो जन रित्तो नै जान्छ भरे
हुन्छु कि पछि भन्दै पो मान्छे दगुर्छ ठेल मठेल गरि
पुर्खा थे कति रु सोच न जन हे छिन भर त केही गरि
पत्थर नै बस्छ बुझ्न नै सके अजर अमर तियो बनि
के भो र सर्प भएर सानो बीष उस्को ठुलो हुने
बाड्दैन जो धन भएर पनि त खुम्च्याउछ मुठीमहा
आखिर त तियो सब छाडि दिई हात खोली जान्छ जहा ।
कृति र ममता यो मात्र रहने सन्तान , लोक बिच महा
संनसारीक झेल मायाको खेल पुगदैन साथ सब वहाँ
वरको रुख ढल्यो , पिपल नै ढल्यो सब गए ढलेर
सम्झेर लेउदा फुल जस्तो शरिर गै हाल्छ जलेर
हे दाजु भाइ , दिदि र बहिनि सोच गर्नु बेलैमा
गर्नु नै पर्छ सुकर्म सबले दुई दिने चोलामा
पृथ्वी एउटा रङ्गमंच मात्र चौतारी हाम्रो घर
के थाहा हामीलाई लिन आउने काल श्वास छोडने पल भर ।
नगर्नु क्रोध कपट पनि एक बारको जुनिमा हरे
सब लान्छु भनी सोच्छ नै जो जन रित्तोनै जान्छ भरे


