खेलकुद

रियलका भास्क्वेज दुई साता मैदान बाहिर

अषाढ २, २०७७

एजेन्सी – स्पेनिस क्लब रियल म्याड्रिडका विंगर लुकास भास्क्वेज दुई साता मैदान बाहिर रहने भएका छन् । प्रशिक्षण दौरान चोट बोकेपछि भास्क्वेज दुई साता मैदान बाहिर रहने क्लबले जनाएको छ ।

सामान्य चोटका कारण नै भास्क्वेज रियल म्याड्रिडले एइवरमाथि ३–१ को जित निकालेको खेलमा पनि अनुपस्थित रहेका थिए । रियल म्याड्रिडका मेडिकल स्टाफले भास्क्वेजमा काल्फ इन्ज्युरी रहेको र कम्तीमा पनि दुई साता मैदान बाहिर रहने बताएका छन् ।

‘रियल म्याड्रिडको मेडिकल डिपार्टमेन्टले भास्क्वेजको परिक्षण गर्दा दायाँ खुट्टाको मांशपेशीमा चोट लगाएको छ । उनी रिकभरीको अवस्थामा छन् । उनको अवस्था सुधार भइरहेको छ ।’ क्लबले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

ला लिगाको व्यस्त तालिकाका कारण उनले कम्तीमा पनि अब चार खेलसम्म गुमाउन सक्नेछन् । रियलका प्रशिक्षक जिनेदिन जिदानले टोलीका महत्वपुर्ण सदस्यको रुपमा रहेको २८ वर्षे भास्क्वेजलाई टोलीमा राखेर जोपखम नमोल्ने बताएका छन् ।

रियल म्याड्रिडमै हुर्किएका भास्क्वेज २०१५ देखि रियलको सिनियर टोलीमा रहेका छन् । उनले त्यसअघि एक सिजन लोनमा स्पान्योलमा बिताएका थिए । लगातार चोटसँग जुधिरहेका भास्क्वेजले यो सिजन रियलबाट मात्रै १८ खेल खेल्दै ३ गोल गरेका छन् ।hamrokhelkud/from

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button