
अषाढ २, २०७७
एजेन्सी – स्पेनिस ला लिगामा सेभिया लेभान्टेसँग बराबरीमा रोकिएको छ । सेभिया लेभान्टेसँग १–१ गोलको बराबरीमा रोकिएको हो ।
भ्यालेन्सियामा सोमबार राति भएको खेलमा घरेलु टोलीलाई दवावमा राखेपनि आफ्नै गल्तीमा सेभिया बराबरीमा रोकिन बाध्य बनेको हो ।
प्रतिस्पर्धात्मक बनेको खेलको पहिलो हाफमा गोलरहित बराबरीमा टुंगिएको थियो । दोस्रो हाफको शरुमै लुक डि जोङले गोल गर्दै सेभियालाई अग्रता दिलाएका थिए ।
खेल सकिन तीन मिनेट बाँकी रहँदा डिएगो कार्लाेसले आत्मघाती गोल गरेपछि सेभिया जितबाट वञ्चित बन्न पुग्यो । त्यसपछि खेलमा थप गोल निस्कन नसक्दा खेल सेभियाले ३ अंक गुमाउन बाध्य बन्यो । बराबरीसँगै तेस्रो स्थानमा रहेको सेभियाको ५१ अंक पुगेको छ । लेभान्टे ३५ अंक जोडेर एक स्थान माथि १२औं स्थानमा रहेको छ ।
अर्काे खेलमा रियल बेटिस र ग्रानडाले २–२ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् । रियल बेटिसका सर्जियो केनालेस र क्रिस्टियन टेलोले गोल गरे । ग्रानडाका कार्लाेस फर्नान्डेज र रोवर्टाे सोल्डाडोले गोल गरे ।
बराबरीसँगै ग्रानडाले भिल्ला रियललाई एक अंकले पछि पार्दै आठौं स्थानमा उक्लिएको छ । रियल बेटिस १३औं स्थानमा यथावत छ ।hamrokhelkud/from



