प्रधानमन्त्री श्री केपी शर्मा ओ।ली। ज्यू राजिनामा दिनूहोस
सम्माननीय प्रधानमन्त्री श्री के।पी। शर्मा ओली ज्यू,
प्रधानमन्त्री, संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल ।
बिषय ः उख्वान टुक्का नजोड्न र भबिष्यवाणी नगर्न अनि राजिनामा गर्न बिनम्र अनूरोध ।
महोदय,
उपरोक्त सम्बन्धमा नेपाली आमाका हजारौं सन्तानको बलिदान एवं हामी जस्ता लाखौ भुक्तभोगी घाईते अपाङ्गहरुको योगदान अनि जनताको कठोर त्याग निष्ठापूर्ण एकता र संघर्षको परिणामबाट प्राप्त संविधान अनूरुप परिवर्तित संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको प्रधानमन्त्रीका रूपमा तपाईँलाई जनता माथि शासन गर्ने अधिकार प्रथमत छैन । किनकी झापा सङ्घर्षको बिरासतबाट जेल नेल भोगेर आउनु भएका तपाईले त्यसको ब्याज रुपी फल त २०४६ देखि २०६२ सालसम्म सत्ताको केन्द्र भागमा बसेर, राष्ट्रघाती महाकाली सन्धिमा देश बेची भक्तपुर बालकोट दुईवटा महल र झापा दमकमा एउटा तीनतले घर जोड्दै, सुकुम्वासी अवस्थामा रहेका पिता, सौतेनी आमा र भाईलाई झापा कै पृथ्वीनगरको हिमाली चोकमा एउटा भुईँ पक्की घर बनाई दिएर असुल गरिसक्नु भएकै छ नि हैन र?जब देशमा राजतन्त्रको विरुद्ध गणतन्त्रका लागि माओवादीले युद्ध सुरु ग¥यो त्यतिवेलैदेखि माओवादीलाई धारेहात पार्दै गाली गर्न र त्यसपछि तपाईकै पार्टी तत्कालीन एमालेसहित सात दल र बिद्रोही माओवादी बीच दिल्लीमा बाह्रबुँदे सहमती भैरहँदा र लोकतान्त्रिक गणतन्त्र स्थापना गर्न बि।स। २०६२÷०६३ सालमा भएको संयुक्त जनआन्दोलन चर्किएका वेला घरमा आराम गर्दै गणतन्त्र आउनू र बयलगाडा चडेर अमेरिका पुगिन्छ भन्नू एउटै हो भन्दै उख्वान टुक्का जोड्ने तपाईलाई संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको प्रमुख कार्यकारी पद प्रधानमन्त्रीमा बस्न अलिकति पनि लाज लाग्दैन ? आफ्नै पार्टीका तत्कालीन महासचिव माधवकुमार नेपाल र नेताहरु झलनाथ खनाल, बामदेव गौतमलगायतकालाई जेल र नजरबन्द गर्दा सडकमा हाँस्दै हिँडने तपाईले माधव नेपाल र प्रचन्डको प्रयासमा संवैधानिक राजतन्त्र सहितको प्रजातन्त्रलाई बटमलाईन मान्ने काँग्रेस तत्कालीन सभापति गिरिजाप्रसाद कोइराला समेतलाई गणतान्त्रिक धारमा ल्याई आन्दोलनको सर्वोच्च कमान्डर वनाउँदा असन्तुष्टि पोख्ने फेरि तत्कालीन सात दलका नेतामा तपाईँ हो कि होईन रु यदि उवेला माओवादीले त्यागपूर्ण लडाइँ नगरेको, माधव नेपाल लगायतका नेताले काँग्रेस सभापति गिरिजाप्रसाद र माओवादीसँग समन्वय नगरेको र साँचो अर्थमा नेपाली काँग्रेस र गिरिजाप्रसाद कोइराला आन्दोलनमा ननिस्किएको भए के नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना हुन्थ्यो र रु अँ, नेपालीमा एउटा भनाइ छ नि कामगर्ने कालु मकै खाने भालु यो उख्वान त अहिले तपाई उख्वान टुक्का वाजका पर्याय के।पी। ओलीको हकमा पो लागुभयो नि होईन भने भन्नुहोस् गणतन्त्रका लागि बन्दुक उठाउँने माओवादी, एमाले पार्टीमा लोकतान्त्रिक गणतन्त्रको लाईन पास गराएर राष्ट्र तथा अन्तर्राष्ट्रिय क्षेत्रमा समर्थन जुटाउने प्रमुख हस्ति माधवकुमार नेपाल, झलनाथ खनाल अनि बामदेव गौतमदेखि जनताको आन्दोलनको प्रमुख नेतृत्व गर्ने बयोबृद्ध नेता गिरिजाप्रसाद कोइरालाले र काँग्रेस वाम एकता सुत्राधार तत्कालीन एकताकेन्द्रका महासचिव नारायण काजी श्रेष्ठ ९प्रकाश० हरुको प्रयत्न र जनदवावमा आएको गणतन्त्रमा तपाई जस्ता भगौडा र प्रतिक्रिया वादीका रक्षाकवच नै प्रधानमन्त्री बन्न सुहाउँछ ?के यो न्यायसंगत हो र ? ओली ज्यू तपाईलाई बाम एकताका नाममा दुई तिहाई नजिक मत पाएर भएको प्रधानमन्त्री हुँ भन्ने लाग्छ होला । तर, तपाईँको यो सोचाई गलत मात्र होईन कि छलपूर्ण छ । अरु नेता कार्यकर्ता र जनता सडकमा आन्दोलन गरिरहँदा पार्टी भित्र स्थायी गुट बनाएर कृतिम वहुमत खडागरी आफ्नो पक्षका नेता कार्यकर्तालाई बिभिन्न अवसर दिलाउन सफल तपाईले तिनै हुक्के बैठके गुन्डा र केही हजुरकै इन्द्र जालमा परेका सोझा सिधा ईमान्दार नेता कार्यकर्ताको समर्थनमा अनि पार्टी एकता पछि अर्का अध्यक्ष प्रचण्डलाई सुरुमा फकाएर अनि यतिवेला युद्धकालमा कतिपय माओवादी ज्यादतीलाई हाउँगुजी वनाई संभावित कारवाहीको भय देखाई लोकतान्त्रिक गणतन्त्रको ठेकेदार सरह सत्तासिन भईरहेका तपाईलाई सहिदको रगतले र गणतन्त्रका लागि लडेका योद्धाहरुको पसिनाको एक दिन न एकदिन सराप अवश्य लाग्नेछ भने गिरिजाप्रसाद कोइराला, माधवकुमार नेपाल, पुष्पकमल दाहाल प्रचण्ड, झलनाथ खनाल, वामदेव गौतम, नारायण काजी श्रेष्ठलगायतका गणतन्त्रवादी नेताहरुलाई रुवाई÷रुवाई सत्तामा बसेर उख्वान टुक्काका साथ भगवत प्राप्त महापुरुष जसरी भविस्यवाणी गर्ने तर नक्कली र हावादारी मात्र कुरा गर्नुहुने तपाईलाई बाचुन्जेल त अमेरिकाको गुप्तचर संस्था सिआईए र भारतीय खुफिया एजेन्सी रअ लगायतकाको सहयोग होला । तर मरेपछि यमराजले छोड्दैनन है ११ त्याहाँ त वयलगाडा चडेर अमेरिका पुगिदैन त्यसैले गणतन्त्र आउँदैन, पानी जहाज सरर कुदाउँछु अनि बिश्व ब्यापी महामारीका रुपमा अहिले फैलिएको कोरोना भाईरस फाल्गुणसम्म रहन्छ भनेर राष्ट्रिय सभाको २०७७ साल असार ४ गतेको वैठकमा वोलेको हावादारी वेप्रामाणित कुरा मैले गरेको होईन भनेर नक्कली कुरा गर्न यमराजका अगाडि त पाईदैन है ओली ज्यू ? फेरि कोरोना नियन्त्रणका नाममा १० अर्व बजेट के ले खायो रु भन्दा कोरोनाले १११ कोरोनालाई के ले हटायो रु भन्दा तातोपानी, गुर्जो र बेसारले भन्न पाईन्न है । यमलोकको हिसाव एक÷एक पारदर्शी हुन्छ भन्ने कुरा ऋषि मुनिको इतिहास बताउन संसदमा पछि नपर्ने तपाई प्रधानमन्त्रीलाई थाहा छैन भने तुरुन्त राजीनामा दिएर वेद पुराणका असली ब्याख्याता सन्त वास्तविक महापुरुषका शरणमा गएर वेलैमा भक्तिमार्ग समात्नु भयो भने सनातन धर्मको कर्मकाण्डले ब्याख्या गरे झै तपाई सन्तान विहिनलाई अपुत्रोको कानुन लगाएर यमराजले नरक पठाउँदैनन्, बरु समयमा भगवानको भक्तिमा लाग्नुभयो भने त्याहाँ अपुत्रा हुन कि सपुत्रा हुन सबैलाई बिष्णु दुतले लैजान्छन् भनेर शास्त्रमा बर्णित छ ।
अतः एवं मायाको संसारका नंम्वर वान खेलाडी हाम्रो देश नेपालका नक्कली राष्ट्रवादका ब्यख्यता तपाईँ प्रधानमन्त्री ओलीले अव सोच्नुहोस् कि त्याग र निष्ठालाई पुरै बाईपास गरेर जसरी आफ्नो गृह जिल्ला झापाको जिल्ला समन्वय समिति प्रमुख मा २०३६ साल मै भारतमा नेपाली बिद्यार्थी संगठन अभानेस्वबियू खोलेर महासचिव वनेका भुक्तभोगी कम्युनिष्ट कुन्दन भट्टराईलाई जिरो वनाऊँदै २०५५ सालमा म कमल मिश्रसँग कम्युनिष्ट भनेको के हो रु भनेर प्रश्न गर्ने सोमनाथ पोर्तेल ९ओली राजनीति का एक प्रतिनिधि पात्र है० हरुलाई आफ्नै गुटमा लागेकै भरमा पदासीन गराउने जस्ता तमाम जालि हर्खत र किर्ते कार्य छोडेर भक्ति साधनामा लागे अबश्य आत्म कल्याण हुनेछ । गणतन्त्र नेपालको नारालाई कार्यान्वयन गराउन लाग्ने जिवित नेताहरुलाई नेतृत्व सुम्पिदै कालापानी र लिम्पियाधुरा अनि लिपुलेक फिर्ता गराउन लाग भनेर प्रधानमन्त्री पदवाट पन्छिनू र श्रीमती साधिका शाक्यका साथ वाँकी जीवन वानप्रस्थो आश्रममा प्रवेश गराई भक्तियोगको क्रियात्मक साधनामा लाग्नुभयो भने सम्माननीय प्रधानमन्त्री श्री केपी। शर्मा ओलीको सारा राष्ट्र घाती जनघाति एवं भ्रस्टाचारी हर्कत उपर सदगुरु भगवानले योगक्षम विधिमा द्वारा क्षमा दिँदै कृपा गर्नुहुने भएकाले गणतन्त्र बिरोधी ओली ज्यू तपाईले गणतान्त्रिक नेपालको प्रधानमन्त्री पदबाट राजीनामा दिनु नै उचित हुनेछ त्यसैले तुरुन्तै राजीनामा दिन म बबुरो तपाईलाई बिनम्र अनूरोध गर्दछु । अस्तु
भवदीय
कमल प्रसाद मिश्र
झापाको गणतान्त्रिक आन्दोलन घाईते
एवं
ओली पीडित पुर्व कम्युनिष्ट
र एक रोगी विरामी अवस्थाको
कम्युनिस्ट मतदाता, हाल भक्तपुर ।
इति सम्वत २०७७ असार ४गते राती ६ रोज,
(यो विचार नितान्त लेखकको हो ) सम्पादक



