
५ असार २०७७
ललितपुर ।
नेपालमा आज मात्रै ४२६ कोरोना संक्रमित थपिएकाछन्।
कोरोना संक्रमणका बारेमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज आयोजना गरेको पत्रकार सम्मेलनमा उक्त जानकारी दिएको हो । नेपालमा कोरोना संक्रमितको संख्या ८ हजार २ सय ७४ पुगेको छ । कोरोना संक्रमणबाट ज्यान गुमाउनेकोे संख्या २२ पुगेको छ ।अहिले सम्म क्वारेन्टाईमा १लाख ९ हजार ४ सय ६१ रहेको बताईएको छ ।
२ सय १६ जना कोरोना संक्रमणबाट निको भएर घर फर्किएका छन ।



