भिडियो चौतारीमूल खबर

यसरी जन्मन पुग्यो काँकरभिट्टा सोसाईटी

७ असार,२०७७
मेचीनगर ।
कोरोनाको महामारी , संक्रमणको सन्त्रास अनि कोरोना संक्रमणको नियन्त्रण र रोकथामका लागि गरिएको बन्दाबन्दी साच्चै एउटा निस्सासिए जस्तो परिवेशको परिक्रमाको यात्रा जस्तै रहेको छ । रोजगारी र विविध कारणले नेपाल आएका भारतीय नागरिक र भारत गएका नेपाली नागरिकहरुको आ आफ्नो देश फर्कने लर्कोसँगै उनीहरुमा देखिएको मानवीय पीडा र भोकको सत्यतालाई नेपालको पूर्वी नाका काँकरभिट्टाका केही सामाजिक अगुवाहरुले जब नियाले अनि जन्मीयो काँकरभिट्टा सोसाइटी ।
कोरोना कहरले निम्त्याएको बन्दाबन्दी अनि यही बन्दाबन्दीमा नेपालको पूर्वी नाका काँकरभिट्टाको बसपार्क क्षेत्रमा नेपालबाट भारत जान र भारतबाट नेपाल प्रबेश गरेका मानिसको भोकलाई नजिकबाट नियाल्न पुगेका केही युवाहरुको मानवीय भावबाट जन्मन पुगेकोे काँकरभिट्टा सोसाइटीले अहिले सम्म स्थानिय र मेचीनगरबाट बाहिर रहेका मनकारीहरुको सहयोगले दुबै देशबाट काँकरभिट्टा आइपुगेका सयौँ नागरिकहरुलाई निशुल्क खाना खुवाउँदै आएको छ ।


केही सामाजिक अगुवाहरुको मानवीय सोचबाट जन्मेको काँकरभिट्टा सोसाइटीले दैनिक रुपमा बिहान र बेलुकीको खानाको जोहो गर्दै आएको छ। जब एउटा मान्छेका मनले अर्को मान्छेको पीडालाई छाम्छ अनि मान्छेमा दबिएको मानवीय करुणाको प्रकट हुने गर्छ । नेपालबाट भारत जाने भारतबाट नेपाल प्रबेश गरेका सयौँको संख्यामा आएका नागरिकहरुलाई भोको नराख्ने प्रण गरेर उदय भएको काँकरभिट्टा सोसाइटीलाई मनकारी दाताहरुकै सहयोगले अभियान धानेको यसका अभियानकर्मीहरु बताउँछन्।
स्थानिय सामाजिक संघ संस्था, स्काउट र क्लबहरुका सदस्यहरुको सहयोगमा खाना पकाउने, प्याकिङ्ग गर्ने काम गरिन्छ । स्वतस्र्फूत रुपमा मानवमनबाट उम्रेको मानवीय प्रेमको उद्घाटन हो काँकरभिट्टा सोसाइटीले आफ्नो उपकारी कार्यलाई निरन्तरता दिदै आएको छ । बन्दान्दीमा काँकरभिट्टा आइपुगेका जो कोहीलाई पनि भोको नराख्ने संकल्प गरेको सोसाइटीको आर्थीक स्रोत भनेको दाताहरुनै भएको यस अभियानका सदस्यहरु बताउँछन् । जब मान्छेको मान्छेको मनलाई मनबाटै पर्गेल्ने गर्छ हरेक मान्छेमा भएको दया, करुणा र उपकार छताछुल्ल हुन्छ जहाँ स्नेहको मुहान हुन्छ अनि अथाह मानवीय सम्बन्ध जन्मन पुग्छ । पूर्वी नाका काँकरभिट्टा आइपुगेका जो कसैलाई कोरोना महामारीमा भोको नराख्ने काँकरभिट्टा सोसाइटी र यसका अभियानकर्मीहरुलाई मनकारीहरुको साथ र सहयोग निरन्तर रहोस हाम्रो पनि शुभकामना ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button