१० असार २०७७
(एजेन्सी)
भारतको राजधानी स्थित पाकिस्तानको उच्चायोग ( दुतावास ) का पचास प्रतिशत कुटनीतिज्ञलाई भारत सरकारले जासुसी गरेको र आतंककारीहरुसंग सम्बन्ध राखेको आरोपमा देश निकाला गर्न लागेको छ ।
भारतको विदेश मन्त्रालयले बुधवार भारतले सोही संख्यामा पाकिस्तनको राजधानी इस्लामावाद स्थित आफ्नो उच्चायोगबाट पनि कर्मचारी कटौती गर्न लागेको जानकारी दिएको छ । भारतको यस कदम प्ति पाकिस्तनले तत्काल कुनै प्रतिक्रिया जनाइसकेको छैन ।
तीन साता अघि भारतले दुतावासमा कार्यरत दुई जना पाकिस्तानी कर्मचारीलाई निष्कासन गरेपछि आणविक शक्ति सम्पन्न यि दुई मुलुकबिच तनाव चुलिएको हो ।तर भारतले भने यस पछिल्लो कदम इस्लामावादमा दुईजना भारतिय कर्मचारी माथि गरिएको दुव्र्यवहारको परिणाम भएको बताएको छ ।



