१० असार २०७७
मेचीनगर ।
झापाको मेचीनगर नगरपालिकामा आज एकै दिन १० जनामा कोभिड १९ संक्रमण देखिएको छ ।प्राप्त जानकारी अनुसार धरान स्थित बिपि कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानले जारी गरेको पिसिआर परिक्षणको रिपोर्ट अनुसार आज थपिएका कोरोना संक्रमितहरु मेचीनगर वडा नं १० र ११ का रहेको बुझिन आएको छ।
प्रतिष्ठानमा हिजो(मंगलबार) राती गरिएको परिक्षणमा १० जनामा कोरोना संक्रमण देखिएको प्रतिष्ठानले जनाएको छ ।
प्रतिष्ठानले दिएको जानकारी अनुसार संक्रमित हुनेमा मेचीनगर वडा नं१० स्थीत राधास्वामीको क्वारेन्टाईनका ८ जना पुरुष र मेचीनगर वडा नं ११ को भानु आधारभुत बिद्यालयको क्वारेन्टाईनका दुई जना पुरुष रहेका छन ।
संक्रमितहरुमा ७ बर्षका बालकदेखि ६२ बर्ष उमेर समुहका रहेको समेत प्रतिष्ठानले जारी गरेको पिसिआर परिक्षण रिपोर्टमा उल्लेख छ । रिपोर्ट अनुसार धुलाबारीमा रहेको राधास्वामी भवनको क्वारेन्टाईनका ६२, ४५, ४६, १८ र २५ बर्षका पुरुष रहेकाछन् भने तीन जना पुरुषको उमेर खुलाइएको छैन । त्यस्तै मेचीनगर ११ को भानु आधारभुत बिद्यालयको क्वारेन्टाइनका ७ बर्षका वालक र २५ बर्षका पुरुष रहेको समेत जनाएको छ ।आज थपिएका १० जना सहित मेचीनगरमा कोरोना संक्रमितको संख्या १८ पुगेको छ ।



