खबर

पत्रकार उप्रेती समाचार संयोजकमा नियुक्त

झापा । पत्रकार लक्ष्मी उप्रेती चौतारी पोष्ट अनलाइनको समाचार संयोजकमा नियुक्त भएकाछन् । झापाली पत्रकारिता क्षेत्रमा पछिल्लो समयमा कृयाशिल पत्रकारहरुको पंक्तिमा रहेका उप्रेतीलाई चौतारी मिडिया न्यूज नेटर्वक प्रालि र चौतारी पोष्ट अनलाइन पत्रिकाको संयुक्त बैठकबाट नियुक्त गरिएको हो । बुधवार बसेको नेटवर्क प्रालि र चौतारी पोष्ट अनलाइनको सयुक्त बैठकले उप्रेतीलाई समाचार संयोजकको जिम्मेवारी प्रदान गरिएको हो । एक दशकदेखि झापाको पत्रकारिता क्षेत्रमा निरन्तर कृयाशिल उप्रेती मेचीनगर नगरपालिकाका प्रेस संयोजक समेत रहेकाछन् ।
चौतारी पोष्ट अनलाइनमा समाचार संयोजकको जिम्मेवारी पाएपछि उप्रेतीले आफु पत्रकारिताको ब्यवसायिक धर्म र मर्म अनुसार आफ्नो जिम्मेवारीलाई कुशलतापूवर्क सम्पन्न गर्न निरन्तर लाग्ने बताए । उप्रेतीको आगमनले चौतारी पोष्ट अनलाइन परिवारलाई थप उर्जाशिल बनाएको र माहुरी झै निरन्तर सूचना प्रवाहको क्षेत्रमा लाग्नका लागि क्षमतावान पत्रकार पाएकोमा अनलाइनको तर्फबाट कार्यकारी सम्पादक निरोज तोलाङ्गेले उनको स्वागत सहित सफल कार्यकालका लागि शुभकामना प्रकट गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button