स्वास्थ्य

नेपालमा कोरोना संक्रमितको संख्या १४ हजार नाघ्यो

१७ असार २०७७

ललितपुर ।

आज थप ४८२ जना कोरोना संक्रमित थपिएका छन् । नेपालमा अहिले सम्म १४ हजार ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्राप्त पछिल्लो जानकारी अनुसार अहिले सम्म ४ हजार ६ सय ५६ जनाले कोरोना जितेर घर फर्किएका छन् ।

आज अछामका १ जनाको कोरोना र्सक्रमणका कारण मृत्यु भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाजागेश्वर गौतमले जानकारी दिए । यो संख्या संगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ३० पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button