१९ असार २०७७
ललितपुर
आज मात्रै थप ७४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यो संख्यासँगै नेपालमा कोरोना संक्रमितको संख्या १५ हजार २ सय ५९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जनाएका छन् । यस्तै, २४ घण्टामा थप ८२३ जना उपचारपछि निको भएर घर फर्किएसँगै डिस्चार्ज हुनेको संख्या ६१४३ पुगेको पनि डा गौतमले जानकारी गराएकाछन् ।अहिले सम्म नेपालमा कोरोना संक्रमणका कारण ३१ जनाको मृत्यु भइसकेको बताईएको छ ।



