भिडियो चौतारीमूल खबर

नगरकमिटीको बिज्ञप्तिको वेवास्ता गर्दै काँकरभिट्टामा ओली समर्थकको प्रदर्शन (फोटो र भिडियो समेत)

मेचीनगर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र देखिएको आन्तरिक किचलो सडक सम्म देखापर्न थालेको छ। पार्टी भित्रको यो आन्तरिक कलह अहिले पार्टीका कार्यकर्ताबीच प्रष्ट आएकाको देखिन्छ । केही दिन अघि पार्टी भित्रको यो आन्तरिक कहललाई प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओलीको समर्थन गर्दै झापाको बिर्तामोडमा उनका समर्थक भनिएका कार्यकर्ता स्वयम् सडकमा आएर ओलीको खुलेर समर्थन सडकमै प्रदशर्न गरेका थिए भने आज (सोमवार) पूर्वी नाका काँकरभिट्टा ओलीको समर्थनमा प्रदर्शन भएको छ ।


पार्टी उपल्लो कमिटी भित्रको बहस भनिएको यो अन्तर कलहका बारेमा आजै मेचीनगर नगर कमिटीले एक बिज्ञप्ति जारी गर्दै धेर्य रहन र यो विषयमा कुनै आफुखशी प्रतिकृया नदिन कार्यकर्तालाई अपिल गरेको केही समय नबित्दै ओलीको समर्थनमा युवा बिध्यार्थीका नाममा काँकरभिट्टा बर्सपार्कमा ओली समर्थक पार्टीका कार्यकर्ताहरुले ओलीको समर्थनमा प्रदर्शन गरेका थिए । उक्त प्रदर्शनलाई नेकपाका जिल्ला नेता टिकाराम मंग्राती लगायतले सम्बोधन गरेका थिए भने कार्यक्रममा ओली निकट मानिने मेचीनगरका स्थानिय नेता र कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button