खबर

अब मास्क नलगाई घरबाहिर निस्किनेलाई पक्राउ गर्न गृहको निर्देशन

२२ असार,२०७७

ललितपुर । मास्क नलगाइ घरबाहिर निस्किनेलाई पक्राउ गर्न गृह मन्त्रालयले निर्देशन दिएको छ । मन्त्रालयले प्रहरी प्रधान कार्यालयलाई बिना मास्क हिँडेको देखेमा पक्रन निर्देशन दिएको हो ।

सरकारले हाल लकडाउन पूर्णरुपमा खोलेको छैन ।कोरोना भाइरस संक्रमणको खतरा अहिले पनि रहेको र लकडाउन औपचारिक रुपमा नखुली व्यवस्थित मात्र गरिएको छ । सरकारले जरुरी कामबाहेक घरबाहिर ननिस्कने, निस्कँदा अनिवार्य मास्क लगाउने, एकअर्काबीच कम्तीमा २ मिटरको सामाजिक दूरी कायम गर्नुपर्ने सुझाव समेत दिएको छ ।

अब मास्क नलगाई घरबाहिर निस्कनेलाई पक्राउ गरी संक्रामक रोग ऐन २०२० अनुसार कारबाही गर्ने गृह मन्त्रालयका सूचना अधिकारी उमाकान्त अधिकारीले जानकारी दिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button