खबर

आठ प्रहरीको हत्या गरी फरार विकाशदुबे पक्राउ

२५ असार २०७७

एजेन्सी ।

भारतको कानपुरमा आठ प्रहरीको हत्या गरी फरार भएका विकाश दुबे पक्राउ परेका छन् ।

दुबेलाई मध्य प्रदेशको उज्जैनस्थित महाकाल मन्दिरबाट पक्राउ गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । दुबे महाकाल मन्दिरमा रहेको सूचना पाएलगत्तै प्रहरीको एक टोली सो स्थानमा पुगेको थियो । महाकाल मन्दिरको सुरक्षा समूहले दुवेलाई संदिग्ध ठानेर पक्राउ गरेको थियो ।प्रहरीले दुवेको सूचना दिनेलाई पाँच लाख भारु इनामसमेत तोकेको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button