लेख्न हामीलाई पनि आउँछ, बोल्न हामी पनि जान्दछौँ । तिमी एक घण्टा निरन्तर बोल्न सक्छौ भने हामी एघार घण्टा सम्म पनि बोली रहने क्षमता राख्दछौँ ।तर, तिम्रो जस्तो सुनलाई नुन र नुनलाई सुन बनाएर होइन जे हो त्यही विषय निरन्तर बोल्ने हामीसँग वाक कला पनि छ अनि लेखनको कला पनि छ । तर, सामान्य पत्रकारिताको आधारभूत जानकारी सम्म नभएर तिमी जस्तो समाज र सामाजिक पक्षलाई प्रदुषण गराउने काम हामी कहिल्यै पनि गर्दैनौँ किनकी हामी पत्रकारिता गर्छौ , किनकी हामीसँग के बोल्ने र के नबोल्ने भन्ने ज्ञान,बुद्धि र विवेकको पत्रकारिता छ । संचारलाई संहारको बाटोमा होइन हामी शान्ति, समृद्धि र शालिनताको यात्रामा अघि बढाउन पर्छ भन्ने पत्रकारिताको जगबाट हुर्केका हौँ ,किनकी हामी नेपाली पत्रकार हौँ ।
भारतीय मिडियालाई हेक्का रहोस र चेत पनि खुलोस मानिसलाई उल्लु बनाउन हजार पटक ढाट्न सकिएला तर सधै मूर्ख बनाईरहन संभव हुदैन । हाम्रो पत्रकारिता ब्यक्ति,समाज, राष्ट्र र छिमेकीको सम्मान र सुमधुर सम्बन्धसँग गासिएको हुन्छ भन्ने मान्यताका आधारमा रहेको छ । बोल्ने थुतुनो छ र लेख्ने डढुलो छ भन्दैमा हामी आफैलाई घिन, लाज, बेसरमका बक्बक बोल्दैनौँ र लेख्दैनौँ किनकी हामीले जानेको र बुझुको पत्रकारिता र संचार भनेको ब्यक्तिको समाजसँगको सम्बन्ध,उसको निजि जिवन र आम सामाजिक जिवनसँग रहेको हुन्छ भन्ने हामी हेक्का राखेर पत्रकारिता गर्छौँ । तिम्रो जस्तो लबस्तरो र नकचरो पत्रकारिता गर्ने हो भने तिमीलाई कति शब्दको ज्ञान होला त्यो भन्दा कैयन गुणा बढि शब्दका हामी जानकारछौँ । वक्तृत्वकला र लेखनकलाकै कुरा गर्छौ भने हामीसँग तिमी धेरै होचा र पुड्का देखिन्छौ । किनकी हामी आत्मसम्मान र आम सामाजिक जिवन र नागरिकको अधिकारमा पलपल ख्याल गर्ने गर्दछौँ । आज जति पनि भारतीय मिडियाले एकोहोरो झुठको खेती गरीरहेकाछन् उनीहरु उतिनै आफ्ना दर्शक र श्रोताबाट नाङ्गेझार बन्दै गएकाछन् । उनीहरु कति झुठको फसल गर्न खोजीरहेकाछन् त्यतिनै लबस्तरो र नकचरो पत्रकारिताको वकालत गरिरहेकाछन् । पत्रकारिताको सामान्य आधारभूत जानकारी सम्म नराखी कसलाई के भन्न हुने र नहुने , समाचारको सत्यता र त्यसको विश्वासनियताका बारेमा रत्ति पनि जानकारी नराखी बर्बराहट गरिरहेका कथित भारतीय मिडिया र त्यसमा काम गर्ने भनिएका स्वनामधारी पत्रकार भन्ने हल्लावाजहरुलाई चेतना होस कि यदि पत्रकारितानै गर्छौ र पत्रकारनै बन्ने हो भने कम्तिमा एक महिना कष्ट गरेर नेपाली संचार माध्यायममा प्रशारण, प्रकाशन हुने सामाग्री र नेपाली पत्रकारहरुको कलालाई हेर अनि पत्रकारितामा आउने सोच गरे राम्रो होला । अन्यथा झुठको चाङ्ग बनाएर बेसराको रागमा मच्चाएको ताण्डवी प्रदुषणलाई बन्द गरे राम्रो होला , आगे आफैलाई हेर र कति लजाउन मन लाग्छ लजाउ ।
0 21 2 minutes read


