खेलकुद

सेफिल्डसँग चेल्सीको लज्जास्पद हार

अषाढ २८, २०७७

एजेन्सी – लन्डन क्लब चेल्सीले इंग्लिस प्रिमियर लिगमा सेफिल्ड युनाइटेडसँग लज्जास्पद हार बेहोरेको छ । बल पोजेसनमा पकड जमाएपनि चेल्सीले घरेलु टोली सेफिल्डसँग ३–० को लज्जास्पद हार बेहोरेको हो ।

यो हारले चेल्सीको शीर्ष चारको सम्भावना पनि आफ्नो हातबाट बाहिरिएको छ । तेस्रो स्थानमा रहेको चेल्सी एक खेल कम खेलेको लेस्टर सिटी र म्यानचेस्टर युनाइटेडसँग मात्रै दुई अंकले अघि छ ।

दुवै टोलीले जित हात पारेको खण्डमा चेल्सी पाँचौ स्थानमा ओर्लने छ । लेस्टर सिटीले बर्नमाउथ तथा म्यानचेस्टरले साउथह्याम्पटनसँग आज राति खेल्दैछ ।

ब्रामल लेन सेफिल्डमा शनिबार राति भएको खेलमा चेल्सीलाई स्तब्ध बनाउन घरेलु टोलीका डेभिड म्याकगोल्डरिकले दुई तथा ओलिभर म्याकब्रुनीले एक गोल गरे ।

खेलको १८औं मिनेटमा डेभिडको गोलबाट सेफिल्डले खेलमा अग्रता बनाएको थियो । चेल्सीको कमजोर डिफेन्सको फाइदा उठाउदै डेभिडले गोल गर्न सफल भएका थिए ।

३३औं मिनेटमा इन्डा स्टेभेन्सको उत्कृष्ट पासमा ओलिभरले गोल गर्दै सेफिल्डको अग्रता दोब्बर पारे । खेलमा २–० ले पछि परेको चेल्सीले बल पोजेसनमा पकड बनाएपनि सेफिल्डको पोस्टमा गतिलो आक्रमण बुन्न सकेन ।

७७औं मिनेटमा डेभिडले व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गर्दै सेफिल्डको जित पक्का गरे । त्यसपछि थप गोल निस्कन नसक्दा चेल्सी ३–० को लज्जास्पद हार चाख्न बाध्य बन्यो ।

हारसँगै चेल्सी ३५ खेलबाट ६० अंक जोडेर तेस्रो स्थानमा यथावत छ । चेल्सीमाथि पाएको सानदार जितले सेफिल्डको पनि शीर्षचारको सम्भावना जीवितै रहेको छ । सेफिल्ड ५४ अंक जोडेर छैटौ स्थानमा छ ।hamrokhelkud/from

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button