
६ श्रावण २०७७
ललितपुर ।
सरकारले लकडाउन आज राती १२ बजेदेखि अन्त्य गर्ने निर्णय गरको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रस्तावमा आज मध्यरातदेखि लकडाउन पूर्णरुपमा अन्त्यगर्ने निर्णय भएको सरकारका प्रवक्ता डा युवराज खतिवडाले जानकारी दिए ।
यसअघि सरकारले भदौ १ गतेदेखि अन्तर्राष्ट्रिय र आन्तरिक उडान समेत खोल्ने निर्णय गरिसकेकोछ। यद्यपी अन्तर्राष्ट्रिय सीमा भने साउन ३२ गतेसम्मलाई स्थगित गर्ने निर्णय भएको छ। नेपालमा कोरोनाको जोखिम बढेको भन्दै चैत्र ११ गतेदेखि सरकारले देशभर लकडाउन जारी गरेको थियो ।



