
लक्ष्मी उप्रेती ‘सिस्नो’
कविता
तिमी अस्पतालको वेडमा एैया एैया भन्दै छटपटाउदै गर्दा
मैले तिमीलाई एकोहोरो हेरिरहन वाहेक अरू के नै पो गर्न सक्थे र
मलाई थाहा छ
तिमीलाई सहनै नसक्ने पीडा छ, दुखाई छ
तर, म थाहा पाएर पनि तिम्रो पीडा र दुखाई कम गर्न सक्दिन
किन कि म न औषाधि न डक्टर न नर्स
छेउमा रहेकी नर्सलाई बेला बेला म भन्थे दुखाई कम गर्न सकिन्न
त्यो दुखाई बाड्न सक्ने भए म आधा बढी लिन्थे
च्वाट्टै निको हुने औषधि पाए जति नै मूल्य परे पनि किन्थे अनि तिमीलाई दिन्थे
बेला बेला तिमी म तिर हेर्छौ, केही भन्न खोज्छौ एैया एैया बाहेक केही निस्कदैन तिम्रो मुखबाट
मलाई माफ गर
साच्चै मलाई माफ गर, यत्रो पीडामा पनि मैले मल्हनपट्टीको काम गर्न सकिन
तिमीसँग सधै बस्दा भन्ने गर्थे, तिम्रो सुखदुखको साथी मात्र हो है म
तर, यत्रो दुखमा मैले तिमीलाई केही गर्न सकिन
अब त मेरो यो भनाई पनि तिमीले झुठो नै ठान्यौ होली
किन कि त्यसलाई व्यवहारमा देखाउनै सकिन मैले
दुखाई सहन नसकेर जति बेला तिमी कराउथ्यौ, चिच्याउथ्यौ म डक्टर बोलाउन कुद्थे
तिम्रो यो हालतले मेरो आँखामा कहाँ आँशु अडिन्थियो र तिमीले नदेख्ने गरि तिम्रै सलको एकछेउले पुछ्थे
आफैले आफैलाई धिकार्थे
अनि मन मनै आफैले आफैलाई प्रश्न गर्थे,
उनलाई लागेको रोग के होला ?
तिमीलाई अस्पतालको २ नम्वर वेडमा राखेको पनि सातदिन भएछ
तिमी पत्याउ या नपत्याउ यो सातदिन त मेरो रूदारूदैँ गएछ
तिमी मलाई बेला बेला भन्थयौ, यत्रो दुखाई र पीडामा पनि तिमी मलाई केही गर्न सक्दैनौ
दाहिने हातले निधार छाम्नु र सुमसुम्याउनु वाहेक अरू म के नै पो गर्न सक्छु र उनलाई
बल्ल डक्टर बोले विरामी तपाईको को हो ?
जवाफ के दियौं
जवाफ के दियौं हत्त नपत्त भनेछु मेरो गाउले भनौ कि छिमेकी बहिनी हुन उनी
फेरि, डक्टरले भने
उहाँको उपचारमा निक्कै खर्च लाग्छ, खर्च गर्न सक्नुहुन्छ
मैले भने डक्टर साँव कति जति लाग्छ रु
डक्टरले ५० हजार लाग्ने बताएपछि म अक्क न मक्क परे
विचरीले कहाँबाट निकाल्छे ५० हजार
अनि मन मनै सोचे उनलाई कसरी यत्रो पैसा लाग्छ भनेर सुनाउ
मैले पनि यत्रो पैसा कहाँबाट कमाउ
तिमीलाई रगत पनि चाहिन्छ अरे, तर मैले दिन नपाउने
त्यसैले बाटोतर्फ एकोहोरो टोलाईरहे रगत दिन को आउने
न तिम्रो दुखाई कम गर्न सके, न खर्चको जोहो
यस्तो वेलामा समेत केही गर्न नसक्नेबीचमा मिलन गराउने को हो ?
न रगत दिन पाए, न सारो गारोमा साथ
के भनेर माफी मागौं तिमीसँग त्यो छैन म सँग आट
मेरो जिन्दगी त बेकार रहेछ, तिम्रालागि त केही गर्न सकिन
म मान्छे भएर मान्छे कि बनिन्
बेला बेला यस्तै लाग्छ
फेरि कानमा सुन्छु तिम्रो चीत्कार र वेदना
घोप्टो परेर रून्छु आँशु पुश्छु तिमी तिर हेर्न सकिन
न रगत दिने कोही छ, न खर्च दिने
अब म बाँध्य छु, विना उपचार उनको डिस्चार्ज माग्न
फेरि यस्तो बेला कहाँ लिएर जानू मनमा कुरा खेल्छ
कहिले त उनलाई निदाउने औषधि खुवाएर सुटुक्क भागौं जस्तो लाग्छ
फेरि मनले आफैलाई सोध्छ । तिमी भाग्यौ भने यो विचरीको सहरा को बन्छ
त्यसैले म उनलाई छाडेर भाग्न पनि सक्दिन, न त बसेरै उपचार गराउन सके
भएका देवि देउराली सवै भाकेँ
अलिकति पनि उनको व्यथा कम भएको छैन
होस पनि कसरी पैसा नभएरै उनको उपचार हुन सकेको छैन्
अब त म आफै पागल हुन आटिसकेको छु
उनको यो अवस्था देखेर
लाग्छ आत्महत्या गर्दियौ कि सुसाईट नोट लेखेर
लाग्यो अ ह त्यसो त कदावि गर्दिन
उनको उपचारमा पछि पर्दिन
बरू चन्दा उठाउछु, सडकमा भिख माग्छु कम से कम उपचार गराएर छाड्छु
उनको पीडा वेदना सवैलाई बाड्छु
यदि गर्दा नपुगे मेरो आफ्नै किड्नी बेच्छु, मेरो आफ्नैकिड्नी बेच्छु


