
ललितपुर – विसु गुरुङ/अविरल वर्षाका कारण अहिले देशभर बाढी पहिरोको उच्च जोखिम बाढेको छ । साना खोला नालाहरुमा पानीको स्तर बढेको कारण सडकहरुमा कटान भैइरहेको छ ।
तीन दिन देखि लगातार वर्षा भएको कारण विभिन्न राजमार्गहरु अवरुद्ध भएको छ । पृथ्वी राजमार्ग अन्तर्गत मवा खोला र जवाङ खोलामा पहिरो गएको, कुरिनटारको धारापानी पनि ठुलो पहिरो खसेको त्यसै गरी मनकामना केबलकार स्टेशनमा माथि पहाड बाट खसेको पहिरो र लेदो केबलकार स्टेशन सम्मा आई पुगेको स्थानीय राम सिलवाल र बिनोद बागदासले जानकारी दिनुभएको छ ।
मुग्लिङ नारायणगढ सडक अन्तर्गत चारकिलो र सत्रहकिलोमा पनि पहिरो खसेको र सडक पूर्ण रुपमा अवरुद्ध भएको छ सडक विभागले सडक खुलाउने कार्य जारी राखे पनि वर्षाको कारण सडक खुलाउनु गाह्रो अवस्था भएको जानकारी दिनु भएको छ । राष्ट्रिय राजमार्गमध्ये सात वटा राजमार्गमा बढी क्षति भएको कारण यात्रु र सवारी- साधनलाई धैरे समस्या र अप्ठ्यारो परेको छ ।
ट्राफिक प्रहरीको अनुसार यात्रा जोखिमपूर्ण भएको कारण अहिले आकस्मिक यात्रा बाहेक अरु यात्रा नगर्न सुझाव दिनु भएको छ । विगतका वर्ष भन्दा पहिले ने वर्षा शुरु भएको कारण राजमार्गहरुमा बढी प्रभाव परेको र अवरुद्ध भएको सडक विभागले जनाएको छ ।



