
विसु गुरुङ/ललितपुर/ अविरल वर्षापछि आएको बाढीले साउन ५ गते भत्काएको पृथ्वी राजमार्ग अन्तर्गत चितवन र धादिङ जोड्ने मौवाखोला पुल मर्मत कार्य बिहिवार बाट सुरु भएको छ, पुल भत्काएको कारण यातायात पूर्ण रुपमा बन्द भए पछि यातायात सुचारु गर्न, ग्याविन जाली भरेर कार्य द्रुत गति मा जारी रहेको सडक विभाग ले जानकारी दिनुभएको छ ।
विभिन्न प्रदेश बाट काठमाडौं जोड्ने चार लेन राजमार्ग को पुल भत्किए पछि ठुला मालबाहक सवारी साधन हरु अलपत्र परेका छन् । विगतका वर्ष भन्दा पहिले ने वर्षा शुरु भएको कारण राजमार्ग हरु मा बढी प्रभाव परेको र अवरुद्ध भएको सडक विभागले जनाएको छ ।



