खेलकुद

ब्रोड चम्कँदा इंग्ल्यान्ड जिततर्फ अग्रसर

श्रावण १२, २०७७

एजेन्सी – वेस्टइन्डिजविरुद्धको तेस्रो तथा अन्तिम टेष्ट खेलमा घरेलु टोली इंग्ल्यान्डले विशाल अग्रता कायम गर्दै जिततर्फ अघि बढेको छ ।

तेस्रो दिनको समाप्तीमा वेस्टइन्डिज ३ सय ८९ रनले पछि परेको छ । ३ सय ९९ रनको लक्ष्य पाएको वेस्टइन्डिजले ६ ओभरमा २ विकेट गुमाउँदै १० रन बनाएको छ । तीव्र गतिका बलर स्टुअर्ट ब्रोडले ओपनर जोन क्याम्पबेललाई जो रुटबाट शून्यमा क्याच आउट गराए । ब्रोडले केमार रोचलाई ४ रनमा जस बटलरबाट क्याच गराउँदै पेभिलिएन फर्काए । क्रिजमा शाई होप ४ र क्रेग ब्रेथवेट २ रनमा अविजित छन् ।

त्यसअघि ५८ ओभरमा २ विकेट गुमाउँदै २ सय २६ रन बनाउँदै दोस्रो इनिङ समाप्तीको घोषणा गरेको थियो । ओपनर रोरी बर्न्सले १ सय ६३ बलमा १० चौका सहित सर्वाधिक ९० रनको योगदान दिए । त्यस्तै अर्का ओपनर डोम सिब्लेले १ सय ३२ बलमा ७ चौका सहित ५६ रन जोडे । कप्तान जो रुट ५६ बलमा ८ चौका र १ छक्का सहित ६८ रनमा अविजित रहे । वेस्ट इन्डिजका रोस्टन चेश र जेसन होल्डरले १-१ विकेट लिए ।

त्यसअघि वेस्ट इन्डिज पहिलो इनिङमा ६५ ओभरमा वेस्टइन्डिजले १ सय ९७ रनमा अल आउट भएको थियो । ओपनर क्रेग ब्रेथवेटलाई स्टुअर्ट ब्रोडले कप्तान जो रुटबाट १ रनमा क्याच आउट गराए । जोफ्रा आर्चरले अर्का ओपनर जोन क्याम्पबेललाई रोरी बर्न्सबाट ३२ रनमा क्याच गराउँदै पेभिलिएन फर्काए । उनले ५० बलमा ३ चौका प्रहार गरे ।

जेम्श एन्डरसनले शाई होपलाई १७ र शम्राह बूक्सलाई ४ रनमा जस बटलरबाट क्याच गराउँदै पेभिलिएन फर्काएपछि वेस्टइन्डिजले रन जोड्न संघर्ष गरेको थियो । रोस्टन चेश ९ रनमा आउट भए । कप्तान जेसन होल्डरलाई ब्रोडले ४६ रनमा एलविडब्लू आउट गरे । योसँगै होल्डरले टेष्टमा आफ्नो दुइ हजार रन पूरा गरेका छन् । उनी वेस्टइन्डिजबाट एक सय विकेट लिने र दुइ हजार रन बनाउँने तेस्रो खेलाडी बनेका छन् ।

शेन डोरीच ३७ र रेहकम कर्नवाल १० रनमा आउट भए । इंग्ल्यान्डका स्टुअर्ट ब्रोडले १४ ओभरमा ४ मेडन सहित ३१ रन खर्चेर ६ विकेट लिए । जेम्श एन्डरसनले २ विकेट लिए । क्रिस वोक्स र आर्चरले १–१ विकेट लिए ।

त्यसअघि ओल्ड ट्राफर्ड म्यानचेस्टरमा टस हारेर ब्याटिङको निम्तो पाएको इंग्ल्यान्ड १११.५ ओभरमा ३ सय ६९ रनमा अल आउट भएको थियो। इंग्ल्यान्डका युवा ब्याट्सम्यान ओली पोपले सर्वाधिक ९१ रनको योगदान दिए । पोप १ सय ५० बलमा ११ चौका प्रहार गरे । शेनन ग्याब्रियलले बोल्ड आउट गरेपछि ओली शतक बनाउन ९ रनले चुकेका थिए । विकेटकिपर जस बटलरले १ सय ४२ बलमा २ छक्का र ७ चौका सहित ६७ रनमामा क्याच आउट भए ।

पाँचौ विकेटका लागि पोप र बटलरले १ सय ४० रनको महत्वपूर्ण साझेदारी गरेका थिए। ओपनर रोरी बर्न्स १ सय ४७ बलमा ४ चौका सहित ५७ रनमा क्याच आउट भए । अर्का ओपनर डोम सिब्लेलाई केमार रोचले एलबिडब्लू शून्यमा आउट गरे । कप्तान जो रुट १७ रनमा रन आउट भए। रोचले बेन स्टोक्सलाई २० रनमा बोल्ड आउट गरे ।

तल्लोक्रममा स्टुअर्ट ब्रोडले ४५ बलमा ९ चौका र १ छक्का सहित ६२ रन जोड्दै इंग्ल्यान्डलाई बलियो योगफलमा पुर्याए । ब्रोडले ३३ बलमा अर्ध शतक पूरा गरेका थिए । डोम बेस १८ रनमा अविजित रहे । वेस्टइन्डिजका तीब्र गतिका बलर केमार रोचले सर्वाधिक ४ विकेट लिए । योसँगै रोचले आफ्नो टेष्ट करिअरमा २ सय विकेट पूरा गरेका छन् ।

त्यस्तै शेनन ग्याब्रियलले र रोस्टन चेशले २–२ विकेट लिए । कप्तान जेसन होल्डरको नाममा १ विकेट रह्यो । तीन टेष्ट सिरिज १–१ को बराबरीमा छ । पहिलो टेष्टमा वेस्टइन्डिज ४ विकेटले विजयी हुँदा दोेस्रो टेष्टमा १ सय १३ रनले पराजित भएको थियो ।hamrokhelkud/from

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button