मूल खबर

सञ्चालन अनुमति नपाउँदा मारमा स्विमिंग पुल र जिम खाना व्यवसायी

ललितपुर / विसु गुरुङ काठमाडौं उपत्यकामा २०० भन्दा बढी स्विमिंग पुल रहेका छन् त्यो पुल मध्ये कति पाए स्विमिंग पुलहरु व्यावसायिक छन् भने कति वाट खेल प्रायोजन र होटेल रिर्सोटहरुका छन् ।

गर्मीको मौसममा भरि भराउ हुनै पुलहरु अहिले सुनसान छन् र संचालन गर्ने अवस्थामा छैन । पुल चले पनि न चले पनि स्विमिंग पुलको दैनिक खर्च र भाडा र्तिनुपर्ने अवस्थामा छन् तर आम्दानी भने शून्य छन् । पानीको कारण कोरोना संक्रमण सर्ने सम्भावना उच्च भएको कारण काठमाडौंका यी स्विमिंग पुलहरु सुनसान बनेका छन् । लकडाउन खुले पनि अरु व्यवसाय संचालनमा आए पनि स्विमिंगपुलहरु खोल्ने अवस्था मा छैन् लाखौं रुपैया लगानी गरेर संचालन गरेका स्विमिंगपुल व्यसायहरु आज मर्कामा परेका छन् । त्यस्तै जिमखाना व्यवसायहरु पनि विस्थापित हुनै अवस्थामा आए पुगैका छन् प्रायः बिहान र बेलुकी मानिसहरु शारीरिक व्यायामको लागि आउनै जिमखाना अहिले सुनसान र बन्द अवस्थामा छन् ।

कति जिमखाना व्यवसायी हरुले पाँच महिना देखी बन्द भएको कारण व्यवसाय नै परिवर्तन गर्ने अवस्थामा आइपुगेका  छन् । कोरोना महामारीको कारण अहिले आर्थिक संकट धैरे जसो व्यावसायिक क्षेत्रहरुमा परेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button