काठमाडौँ : शुक्रबार बिहान सिन्धुपाल्चोकको जुगल गाउँपालिका २ को लिदीमा गएको पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या ११ पुगेको छ । यस्तै पहिरोमा परि २७ जना बेपत्ता भएका छन् । यस्तै पहिरोका कारण ३७ घर पुरिएको र तिमध्ये धेरै घर पूर्णरुपमा क्षतिग्रस्त भएको बताइएको छ । स्थानीय बासिन्दाका अनुसार त्यस क्षेत्रमा अझै केही मानिस बेपत्ता भएको हुनसक्ने आशंका छ ।
नेपालमा २०७२ साल आएको भूकम्पको कारण धाँजा फाटेर कमजोर बनेपछि पुनस्र्थापना गर्न सरकारले ४० करोड बजेट बिनियोजन गरेको भएपनि सरोकारवाला निकायले समयमै काम नगर्दा ठुलो धनजनको क्षति हुन पुगेको छ ।
साउन २३ गते उक्त ठाउँका बासिन्दाले बस्ती जोखिममा परेको भन्दै जिल्ला विपद्व्यवस्थापन समिति सिन्धुपाल्चोकमा जोखिमको पहिचान गरी स्थानान्तरण गर्न निवेदन दिएको जनाइएको छ, तर स्थानीय सरकारले जनताको उक्त निवेदमा ध्यान नदिँदा ठूलो धनजनको क्षति हुन पुगेको छ। समयमै पहिरो जोखिम बस्तीको अनुगमन र निरीक्षण गरी सुरक्षित ठाउँमा स्थानान्तरण नगरेका कारण शुुक्रबार बिहानै ठूलो धनजनको क्षति हुन पुगेको छ ।२०७७, ३१ श्रावण शनिबार . ई-रातो खबर



