खबर

जनता समाजवादीका जंग राईको आपत्ति

३१ साउन २०७७

दमक ।
झापाको कमल गाउँपालीकामा शुुक्रबार बिभिन्न पार्टि परित्याग गरिने नेपाली कांग्रेस प्रबेस कार्यक्रममा आप्mनो नाम पनि समावेश भएको भन्दै तत्कालीन संघिय समाजवादी पार्टि हाल जनता समाजबादी पार्टिका गाउँ कमिटि उपाध्यक्ष जंग राईले ध्यानाकर्षण भएको गराएकाछन् । सो पार्टि प्रवेश कार्यक्रममा जनता समाजवादीका गाउँ उपाध्यक्ष राई पनि प्रवेश गरेको भन्दै कांग्रेसका स्थानिय नेताहरुले सञ्चारमाध्यमलाई जानकारी गराएकोमा उनले आपत्ति समेत जनाएकाछन् । बिभिन्न संचार माध्याममा समाचार आए लगत्तै नेता राईले विज्ञप्ति निकालेर आफु जनता समाजबादी पार्टिमै प्रतिबद्ध रहेको भन्दै राईले गलत प्रचार प्रति आप्mनो गम्भिर ध्यानाकर्षण भएको जनाएकाछन् ।
बिज्ञप्तिमा राई यस्ता गलत प्रचारको पछि नलाग्न पनि सम्पुर्ण पार्टि पंक्तिमा समेत आग्रह गरेकाछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button