खेलकुद

अन्तत: सेटिन बार्सिलोनाबाट बर्खास्त

मङ्लबार, भदौ २, २०७७

एजेन्सी – क्याटलान क्लब बार्सिलोनाले प्रशिक्षक किके सेटिनलाई अन्तत: बर्खास्त गरेको छ । सोमबार प्रेस विज्ञप्ति जारि गर्दै क्लबले सेटिन पदमुक्त भएको जानकारी दिएको हो ।

च्याम्पियन्स लिगको क्वाटरफाइनलमा बायर्न म्युनिखसँग ८-२ को लज्जास्पद हार बेहोरेपछि बार्सिलोना प्रतियोगिताबाट बाहिरिएको थियो । झन्डै एक दशकपछि बार्सिलोना उपाधिविहिन बनेपछि सेटिनको भविष्य खतरामा देखिएको थियो ।

हार बेहोरेको दोस्रो दिन नै निर्देशक एरिक आबिडालसहित बसेको बैठकमा सेटिन पदबाट बर्खास्त भएका थिए । क्लबले केहि दिनमा नै नयाँ प्रशिक्षकको घोषणा गर्ने जनाएको छ । प्रशिक्षकका रुपमा पूर्व खेलाडी रोनाल्ड कोम्यानलाई प्रस्तुत गर्ने सम्भावना रहेको छ ।

यसै जनवरीमा बार्सिलोनाले एर्नेस्टो भालभेर्डेलाई बर्खास्त गरेपछि सेटिनले प्रशिक्षकको जिम्मेवारी पाएका थिए । तर लिगको अग्रतामा लामो समय रहेपनि अन्तिममा उपाधि रियल म्याड्रिडलाई सुम्पनु पर्दा सेटिन दबाबमा रहेका थिए । च्याम्पियन्स लिगमा लज्जास्पद हार बेहोरेसँगै सेटिनको पद गुम्ने सम्भावना देखिएको थियो ।

बर्खास्तसँगै सेटिन बार्सिलोनामा १३ वर्षपछि उपाधिविहिन रहँदै बर्खास्तमा पर्ने पहिलो प्रशिक्षक बने । बार्सिलोनाले अब सिनियर टोलीमा आमुल परिवर्तन गर्ने समेत जनाएको छ ।hamrokhelkud/from

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button