
‘ मेचीनगरका जनप्रतिनिधिले जनताको मतको दुरुपयोग गरेकाछन्’ चौलागाँई
मेचीनगर । आज हामीले हाम्रो नियमित स्तम्भ कुराकानी र भिडियो चौतारीका लागि मीनप्रसाद चौलागाँईसँग संवाद गरेकाछौँ । चौलागाँई संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च सम्वद्ध संघीय लिम्बुवान मञ्चका केन्द्रीय सदस्य हुन् । कम्युनिष्ट राजनीतिको यात्रामा लामो समय रहेका उनले किन कम्युनिष्ट पार्टी छाडेर लिम्बुवानमा प्रबेश गरे लगायतका विषयमा रहेर हामीले उनीसँग गरेको वार्तालाप प्रस्तुत गरिएको छ ।



