मूल खबर

मालीमा सेनाको विद्रोह, राष्ट्रपति–प्रधानमन्त्री हिरासतमा

भाद्र ३, २०७७ बुधबार

काठमाडौँ, ३ भदौ । मालीका राष्ट्रपति इब्राहिम बुबाकार केटलाई विद्रोही सैनिकले पक्राउ गरेको छ, यसको पुष्टि माली सरकारका प्रवक्ताले बीबीसीसँग गरेका छन् ।

मालीका राष्ट्रपति सँगै सैनिकले देशका प्रधानमन्त्री बोबू सिसेलाई पनि हिरासतमा लिएका छन् ।

सेनाको यो विद्रोहको सुरुवात मंगलबार मालीको राजधानी बामाको नजिकै एक महत्वपूण सैनिक क्याम्पमा गोलीको आवाज सुनिएसँगै भएको हो ।

बामाकोबाट १५ किलोमिटर टाढा रहेको काटी क्याम्पमा असन्तुष्ट कनिष्ठ अधिकारीले कमान्डरलाई हिरासतमा लिए र त्यसपछि क्याम्पमा कब्जा जमाए ।

त्यसपछि युवाले शहरको सरकारी भवनलाई आगो पनि लगाइदिए । मालीका राष्ट्रपतिको राजिनामाको मागको विषयमा मालीमा विरोध प्रदर्शन पनि चलिरहेको थियो । स्रोतः बीबीसी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button