
एमएनओ का प्रवक्ता धिमाल भन्छन्—‘ मंगोल माथि अहिले पनि विभेद छ ।तर, त्यो भिडियोसँग हाम्रो पार्टीको कुनै सम्बन्ध छैन ’
झापा । मंगोल नेश्नल अर्गनाइजेसनका केन्द्री्रय प्रवक्ता दिलिप धिमालले अहिले चर्चामा रहेकोे राष्ट्रिय झण्डा जलाएको भिडियोप्रति दुख ब्यक्त गरेकाछन् । प्रवक्ता धिमालले आफ्नो हक र अधिकारका लागि आज पनि आफ्नो पार्टी वैचारिक र लोकतान्त्रिक बाटो मार्फत अघि बढिरहेको बताएकाछन् । उनले मूलबासी मंगोलमाथि राज्यले विभेद गरेको भने बताए । धिमालले अहिले चर्चामा रहेकोे राष्ट्रिय झण्डा जलाएको भिडियो त्यो कुनै ब्यक्तिको निजि मामला मात्र भएको र त्यसमा आफ्नो पार्टीको सामान्य सम्बन्ध पनि नरहेको बताए । चौतारी पोष्ट अनलाइनको नियमित स्तम्भ कुराकानी र भिडियो चौतारीसँग आज हामीले मंगोल नेश्नल अर्गनाइजेसनका केन्द्रीय प्रवक्ता दिलिप धिमालसँग गरेको संवाद प्रस्तुत गरेकाछौँ ।



