
उज्यालो काँकरिभट्टा ! ( भिडियो सहित )
मेचीनगर । एशियन हाईवे अन्तर्गत निमार्ण हुदै आएको सोही मापदण्डको सडक निमार्णको काम नेपाल भारतको सीमावर्ती बजार काँकरभिट्टामा करिब अन्तिम चरणमा पुगेको छ। फराकिलो सडक निमार्णसँगै अहिले काँकरभिट्टा बिधुतको सुधार कार्य समेत भएको छ । काँकरभिट्टाको मुख्य बजार क्षेत्रमा राखिएका दुईओटा बिधुत पोलबाट फ्याक्ने प्रकाशले बजार र सडक उज्योलो पारेको छ भने मेची भन्सारको गेटदेखि सीमा नदी मेची पुल सम्म अन्य बिधुत पोलबाट फ्याँकिएको प्रकाशले सडकलाई प्रकाशमय बनाएको छ । फराकिलो सडक र उज्यालो प्रकाशले काँकरभिट्टा बजार क्षेत्र र मेची पुल सम्मकै आसपासको क्षेत्रमा अब प्रकाशमय पारेको छ । सडक र बिजुलीको यो सुबिधाले काँकरभिट्टा बजारलाई थप सुन्दर त पारेको छ नै यसका अलवा रात साँझ हिड्ने सवारी साधन र सडक याात्रुहरुलाई समेत थप सहज बनाएको छ ।



