मूल खबर

मेचीनगरपालिकाको ढुङ्गा विवादका विषयमा नगरपालिकाले ग¥यो धारणा सार्वजनिक

९ भदौ २०७७

मेचीनगर÷ मेचीनगर नगरपालिका नगरप्रमुख विमल आचार्यले नगरपालिकासँग जोडिएर आएका विषयमा समाचार बन्ने भए एकपटक नगरपालिकासँग सम्पर्क गरेर सत्य तथ्य र विश्वसनिय समाचार सम्प्रेषण गर्न आम सञ्चारकर्मीलाई आग्रह गरेकाछन् ।

नगरका बारेमा आएका झुठा समाचारले नगरमा क्षति पुग्ने र प्रत्येक नगरवासीमा समेत नकरात्मक असर पर्ने भएकाले नगरपालिका सम्बन्धित समाचार लेख्नुअघि नगरप्रमुख वा कसैसँग पनि धारणा लिन समेत उहाँले आग्रह गर्नुभयो । मंगलबार आफ्नै सभाकक्षमा आयोजित पत्रकार सम्मेलनमा पछिल्लो पटक ढुङ्गाका विषयमा अनेक कोणबाट समाचार आइरहेको र यसमा नगरपालिकाको ध्यानाकर्षण भएको उनको भनाई थियो ।

नगरप्रमुख आचार्य र उपप्रमुख मीना पोखरेल उप्रेतीले सोहि पत्रकार सम्मेलनमा नगरपालिकाको संरक्षणमा रहेको ढुङ्गाका विषयमा उत्पन्न विवादका वारेमा समेत नगरपालिकाको धारणा सार्वजनिक गरेका थिए ।

मेचीनगर— १ स्थित मेची नदीको तिरीङ पाटापुरक्षेत्रमा रहेका ७ हजार ६ सय १५ घन मिटर ढुङ्गा हराएको भन्ने समाचारमा कुनै सत्यता नभएको र उक्त ढुङ्गा लिलामी सूचनाका आधारमा नगरपालिकामा राजस्व जम्मा भई विक्री भएको बताइएको छ । उहाँले ढुङ्गा नहराएको र अन्त नै स्थानान्तरण गरिएको पत्रकार सम्मेलनमा बताए ।

जेठ ७ गते सोहि क्षेत्रका करीव दुईदर्जन बढी ट्याक्टर व्यवसायीहरुले वर्षाका कारण खोलामा बाढी आएपछि सवै ढुङ्गा पुरिने तथा बगाउने भएको कारण देखाउदैं संकलन गरिएका ढुङ्गा अन्त स्थानान्तरणसहित सहयोग तथा सहजकिरणका लागि वडानम्बर १ को वडा कार्यालयमा निवेदन दर्ता गराएको पत्रकार सम्मेलनमा नगरप्रमुख आचार्यले जानकारी गराए ।

वडा अध्यक्ष पासाङ्ग तामाङ्गको अध्यक्षतामा जेठ ९ गते बसेको बैठकले स्टक ढुङ्गा व्यवस्थापनका बारेमा छलफल गरेको थियो । छलफलमा ती ढुङ्गा व्यवस्थापनका लागि नगर कार्यपालिकाको कार्यालय, स्थानीय प्रहरी प्रशासनमा जानकारी गराउने निर्णय भएको थियो ।

वडानम्बर १ का ट्याक्टर व्यवसायीहरुले विगत नदीजन्य पदार्थ ठेक्का सम्झौता हुनु अघिको समयमा मेचीनदी बाट ढुङ्गा संकलन गरी उक्त नदीको किनारक्षेत्रमा स्टक गरी राखेको ढुङ्गा विक्री वितरण गर्नका लागि मेचीनगर नगरपालिकाको कार्यालयमा पटक पटक अवगत गराउदा समेत निकास नपाएको हुँदा र विविध कारणहरुले ठाउँ सार्न नपाएको र हाल बर्षयाममा उक्तक्षेत्रमा रहेका ढुङ्गा मेचीनदीले बगाई लैजाने र स्थानीय व्यवसायीहरुको श्रम र लगानी गुम्ने भएको हुँदा उक्त स्टक ढुङ्गा हाल सुरक्षित स्थानमा सार्न तथा व्यवस्थापन गरी पछि नेपाल सरकारको राजस्व समेत बुझाई विक्री वितरण गर्न लागि भन्दैं वडा कार्यालयमा निवेदन दिएका थिए ।

ढुंगा हराएको र खोलाले बगाउने भए पछि वडा कार्यालयको रोहवरमा ठाउँ सारिएको नगरपालिकाले जनाएको छ । हराएको भनिएको ७ हजार ६ सय १५ घन मिटर ढुङ्गा विक्रीका लागि नगरपालिकाले पहिलो पटक असार ११ गते ढुङ्गा लिलाम विक्री सम्बन्धि सुचना प्रकाशित गरेको थियो । दोस्रो पटक साउन ५ गते ढुङ्गा लिलाम विक्री सम्बन्धि सार्वजनिक सुचना प्रकाशित गर्यो । दोस्रो पटक प्रकाशित भएको मेचीनगर १ तिरिङ पाटापुरक्षेत्रमा रहेको ७ हजार ६ सय १५ घन मिटर ढुङ्गा विक्री सम्बन्धि सुचना अनुसार पेश हुन आएको बोलपत्र साउन २० गतेको नगरपालिकाको निर्णय अनुसार स्वीकृत भएको थियो ।

नगरपालिकाक्षेत्रबाट हुने अवैध धन्दा रोक्ने जिम्मा आम नगरवासीको भएको भन्दैं उहाँले यस विषयमा नगरपालिकाले जिल्ला समन्वय समिति, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय झापामा समेत पटक पटक जानकारी गराएको र स्थानीय सरकारले आफ्नो सीमादेखि बाहिर गएर वा आफ्नो अधिकारभन्दा माथि गएर केही पनि गर्न नसक्ने उनकोे भनाई थियो ।

नगरप्रमुख आचार्यका अनुसार नगरपालिकाले कानूनी प्रक्रिया अनुसार नै ढुंगा ठेक्का लगाएर राजश्व असुली गरेको बताउदैं नगरप्रमुख आचार्यले त्यस क्षेत्रमा बर्षेनी मेची नदीबाट नदीजन्य पदाथ उत्खनन गरी लुकाई छिपाई सरकारी राजश्व नतिरी बिक्री बितरण हुने गरेको थियो । यो बर्षदेखि नगरपालिकाले प्रक्रिया पुरा गरेर करको दायरामा ल्याएको नगरप्रमुख आचार्यले पत्रकार सम्मेलनमा बताए ।

चुरे संरक्षण क्षेत्रको कानून दुई देशको सिमानाको मेची नदिमा पुर्ण रुपमा कार्यान्वयन हुन नसकेका कारणले समस्या आएको नगरप्रमुख आचार्यको भनाई छ । अन्य नदीमा जस्तो मेचीनदीमा नेपालको कानून पुर्ण कार्यान्वयन हुदैन, भारत तर्फबाट अहिले पनि नदीजन्य सामग्री उत्खनन भइरहेको छ । त्यो हामी रोक्न नसक्ने उहाँको भनाई छ । भारतले जुन अवधिसमम नदीजन्य पदार्थ संकलन गर्छ नेपालतर्फबाट पनि त्यही गर्नुपर्ने उनकोे भनाइ छ ।

भारत तर्फबाट बर्षातको समयमा पनि दैनिक नदीजन्य पदार्थ लैजाने भए पछि नेपाल तर्फका स्थानीयले समेत खोलाबाट नदीजन्य पदार्थ निकालेर थुपार्ने गरेको हुनाले त्यही थुपारेको ढुङ्गालाई करको दायरामा ल्याउने काम मात्रै नगरपालिकाले गरेको नगरप्रमुख आचार्यले बताउनु भयो । उपप्रमुख मीना पोखरेल उप्रेतीले नगरका विविध विषयमा गराएकि थिईन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button