९ भदौ २०७७
बिर्तामोड । झापाको कनकाई नगरपालिकाका दुर्गापुर स्थित एक औषधि व्यवसायीमा कोरोना संक्रमण देखिएको छ ।
कनकाई नगरपालिका वडा नं ७ दुर्गापुरमा फार्मेसी संचालन गर्दै आएका औषधि व्यवसायीमा आज संक्रमण पुष्टि भएको हो । उनको ट्राभल हिस्ट्री नभएको र औषधि किन्न आउनेबाट संक्रमण सरेको हुन सक्ने कनकाई नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ । समुदायमा संक्रमण फैलिसकेको अबस्थामा त्यसको नियन्त्रणका लागि लकडाउन लगाउने विषयमा समेत नगर कार्यपालिकाको बैठक बस्न लागेको नगरका एक सदस्यले चौतारी पोष्ट अनलाइनलाई जानकारी दिएका छन् ।



